कपिलवस्तुमा गाईगोरुको तस्करीले निरन्तरता पाएको छ। भारतीय सीमा क्षेत्रका विभिन्न नाका हुँदै भित्र्याउने गाईगोरु तस्करी गिरोह यतिबेला कपिलवस्तुमा सक्रिय भएका छन । कपिलस्तुको कृष्णनगर नाका हुदै नेपाल
भित्रिएका गाईगोरुहरु जिल्लाको विभिन्न स्थानमा डम्पिङ्ग गर्दै पुन यहाँबाट पूर्व
तर्फ लैजान्छन ।
कृष्णनगर देखि चन्द्रौटा सडक खण्डका विभिन्न ठाँउहरुमा गाईगोरु व्यापारीहरुले गोरु जम्मा गर्ने र लैजाने गर्दै
आएका छन ।
विभिन्न समयमा प्रहरी र प्रसासनले गोरु व्यापारीलाई रोके पनि कागजात पुरा भएको आधारमा छोड्दै
आएको हो ।
जिल्लाका कृष्णनगर, विजयनगर, महाराजगञ्जका भारतीय सीमा क्षेत्र, मर्यादापुर, हरदौना, हथिहवा क्षेत्रका सीमानाकाबाट धपाएर गाईगोरु ल्याइन्छ । त्यसपछि यताका रैथाने छाडा गाइगोरु समेत ट्रकमा लोड गरि पठाउने गरिएको पाइएको छ ।
गाइगोरु तस्करीमा नामूद हुन् चितवनका रोशन ।
उनले कपिलवस्तुमा आफ्ना सहयोगी मदन सहितको समूह बनाई चन्द्रौटाको गड्गौडा, शितलापुर, बाणगंगाको कोठीखोला क्षेत्रबाट गाइगोरु संकलन गरि रातको समयमा निकासी धन्दा चलाउँदै आएका छन् ।
रोशन समूह, नुनु, कान्छा, वोसी तथा सन्देश–विपिन समूह र प्रमोद यादवले जिल्लाका विभिन्न फरक स्थानबाट गोरु संकलन गरे झापा पुर्याउने गरेका छन् । शिवराज क्षेत्रकै स्थानीय नुनुले जवाभारी,
शितलापुर क्षेत्रबाट गोरु तस्करी
गर्छन् ।
मकवानपुरका कान्छा लामा समूहले यसअघि बाँके नैरैनापुर तथा दाङको राजपुर क्षेत्रबाट गाईगोरु तस्करी गर्दै आएकोमा
हाल कपिलवस्तुको गणेशपुर, चन्द्रौटाको खैरी क्रेशर क्षेत्रमा संकलन तथा
लोड गर्न थालेका हुन् ।
यस्तै वोसी समूहले बहादुरगञ्ज, रुद्रपुर, जवाभारी क्षेत्रबाट गोरु तस्करी गर्दै
आएका छन् । सन्देश–विपिनले बुद्धभूमीको प्रेमनगर, तौलिहवाको रामघाट
तथा महाराजगञ्जबाट उक्त कार्य गरेका छन् ।
गाइगोरु तस्करीमा संलग्न यी
समूह भदौ यता निकै सक्रिय भएको बताइन्छ ।
तर कपिलवस्तुमा पूर्व–पश्चिम राजमार्गमा तीन वटा र हुलाकीमा पाँच वटा प्रहरी कार्यालय हुँदासमेत यसको रोकथाम तथा नियन्त्रण हुन सकेको छैन ।
सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा घेरा तोडेर अवैध कारोबार गरिरहेको गोरु तस्कर नेपाल प्रवेश लगत्तै किसानबाट किनेका कागजपत्र बनाएर, भेटनरी चिकित्सकको क्वारेन्टाइन प्रमाणपत्र र भिसिटिएस अनलाईन बनाएर गन्तव्य सम्म पुर्याउन सफल हुने गरेका छन् ।
कतिपय अवस्थामा चेकजाँचमा खटिएका सुरक्षाकर्मी कागजपत्र देखेर छाड्न बाध्य छन् भने कतिपय नदेखे झैँ गरिदिन्छन् ।कागजी प्रकृयामा कृषि प्रयोजनका लागी गाइगोरु बेचबिखन र ढुवानी अनुमति समेत लिएका व्यापारी छन ।
गाइगोरु कृषि प्रायोजनमा प्रयोग गर्ने भन्दै पश्चिम देखि पूर्व सम्म ढुवानीमा कुनै रोकतोक नगर्न सर्वोच्चको आदेशको प्रकृयागत रुपमा रोक्न नमिलेको पाइएको छ। कागजमा कृषि प्रायोजन भनेर लेखिए पनि गाइगोरु मासु उपभोगका लागी
पूर्व नाका हुदै बङगलादेश
सम्म तस्करी हुने
गरेको छ ।
व्यापा्रीले दिनभरी गडगौडामा गाइगोरुहरु जम्मा गर्ने र राती लोड गरी लैजाने गरेका छन् ।
हिन्दु धर्म संरक्षक संघ संस्थाले प्रहरीकै मिलेमतोमा गाइगोरु तस्करी बढ्ेको दाबी गरेका छन् ।
कपिलवस्तु प्रहरीका एसपी निरन्जन दत्त भट्ट तथा अधिकांश प्रहरी निरिक्षक फेरिएपछि तस्करको जालो तोडिने उनीहरुको आशामा तुषारापात भएको छ । स्थानीय हिन्दु युवाहरुको दबाबपछि बहादुरगञ्ज प्रहरीले जवाभारीबाट गोरु लोड गरेर राति २ बजे चन्द्रौटातर्फ जाँदै गरेको ना.६ ख ३०९८ नम्बरको ट्रक नियन्त्रणमा लिइयो तर, गोरु छाडियो । भन्सार तथा राजस्व कार्यालयले गोरु तथा ट्रक जिम्मा लगाउँदा बुझ्न नमान्ने, लिलाम नगरिदिने समस्याले पक्राउ गरेर पनि कानूनी कारबाही गर्न सकिने अवस्था नभएकाले छाड्न बाध्य हुनुपरेको छ ।
गाईगोरूको तस्करी धन्दामा सक्रिय तस्करहरूले नवलपरासीका नाकाहरूबाट खुलेयाम गाईगोरूको तस्करी गरिरहेका छन् ।
लामो समयदेखि प्रहरी प्रशासनलाई मिलाएर उनीहरूले यो धन्दालाई ठूलो मात्रामा चलाई रहेका छन् ।
जिल्लाबाट हुने गाईगोरूको तस्करीमा यहाँका प्रमोद यादव र नुनुको संलग्नता रहेको खुलेको छ ।
सीमा क्षेत्रका जिल्लामा भारतबाट किसानका नाममा गोरु नेपाल ल्याइन्छ । सीमापारिबाट ल्याइएका गाईगोरूहाट बजारबाट खरिद गरेको कागज बनाई तस्करी हुने गरेको छ । खासगरी पश्चिम तराईको बाँके, बर्दिया, कपिलबस्तु, दाङ लगाययत र पूर्व तराईको झापा, इलाम र सर्लाही लगायत क्षेत्रमा गाईगोरू तस्करी ज्यादा हुन्छ ।
तस्करले नेपाली गाउँमै डुलेर पनि गाईगोरू संकलन गर्छन् । कृषि प्रयोजनका लागि भन्दै भारतबाट ल्याइएका र नेपालमा संकलन भएका गाईगोरूलाई तस्करले चराउने बहानामा जंगल क्षेत्र लैजान्छन् । जंगलक्षेत्रबाटै गोरु भारत निकासी हुन्छ ।
भारतहुँदै गाईगोरु बंगलादेश पठाइन्छ ।
खासगरी बंगलादेशमा मासुका लागि गाइगोरु अवैध निकासी हुन्छ ।
कानुनतः भारतबाट नेपालमा गाइगोरु ल्याउनै पइदैन ।
गोरु तस्करीमा प्रहरीदेखि स्थानीय प्रशासनको समेत मिलेमतो हुने गरेको छ ।
तस्करले पैसा खुवाएर रोगी र बुढा गाइगोरुलाई समेत स्वस्थ्य भएको प्रमाणित गर्न लगाउँछन् ।
स्थानीय जनप्रतिनिधिले समेत खुलेयाम गाइगोरु तस्करी भएकोमा आपत्ति
जनाएका छन् ।
पछिल्लो समय नेपाल–भारत सीमा क्षेत्रमा गाईगोरु तस्करी बढेको तथ्य सार्वजनिक भइरहँदा पनि सरकारी स्तरबाट नियन्त्रणको प्रयास प्रभावकारी भएको छैन । भारतीय क्षेत्रमा गाईगोरुको मासुमा प्रतिबन्ध लागेपछि नेपाली बाटो हुँदै विभिन्न देशमा गाईगोरु तस्करी हुन थालेको हो ।
खासगरी मासुको प्रयोजनका लागि बंगलादेश र भुटानमा गाईगोरु निकासी हुने गरेको छ ।
भारतीय क्षेत्रमा संरक्षण गर्न नसकेर छाडा रहेका चौपायालाई तस्करले शिकार बनाउँदै अवैध बाटो भएर बंग्लादेश र भूटानसम्म पु¥याउने
गरेका छन् ।
जसका लागि उनीहरुले नेपालको बाटो प्रयोग गर्ने गरेका छन् ।सीमा क्षेत्रमा मात्रै हो्इन, पहाडि जिल्लाहरुबाट गाईगोरु संकलन हु्न्छ र प्रशासनकै मिलेमतोमा गाईगोरु निकासी हुन्छ । नेपालमा पनि गाईगोरुको मासु प्रतिबन्धित छ ।
नेपालमा गोवध प्रतिबन्धित छ।मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद – २७ मा पशुपक्षीसम्बन्धी कसुरबारे उल्लेख छ।उक्त संहिताको दफा २८९ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पु¥याउने नियतले कुनै काम गर्नु वा गराउनुहुँदैन। त्यस्तो काम कारबाहीबाट कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद हुने
व्यवस्था छ ।
गाई वा गोरुलाई कुटेर अङ्गभङ्ग पार्ने व्यक्तिलाई छ महिनासम्म कैद र अन्य चोट पु¥याएमा ५० हजार रुपैयाँसम्म जरिबाना
हुने व्यवस्था छ।
उक्त कानुनले पशुपक्षीलाई कुटी, हिर्काई वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाइ वा सामर्थ्यभन्दा बढी दौडाइ वा रोग, घाउ, खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकोलाई काममा लगाई वा हानिकारक वस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा आफूले पालेको पशुपक्षी रोगी वा वृद्ध भएको कारणले सार्वजनिक रूपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रूर व्यवहार गर्न दिँदैन।त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने
व्यवस्था छ।