Monday, May 19, 2025

नेपाल प्रहरी डीएसपीहरूको सरुवा:

ताजा / भरखरै प्राप्त

प्रहरी प्रधान कार्यालयले केही डीएसपीहरुको काज सरुवा गरेको छ ।
सरुवामा उपत्यकाका प्रमुख वृत्तका प्रमुखहरु फेरिएका छन् ।
सोह्रखुट्टे वृत्तमा सिआइबीमा कार्यरत डीएसपी जागेश्वर भण्डारीलाई पठाइएको
छ ।
उपप्रधानमन्त्री प्रकाशमान सिंहको सिफारिसमा उनी त्यहाँ सरुवा भएको स्रोत बताउँछ ।
त्यहाँ कार्यरत डीएसपी सत्यनारायण थापाको एक वर्ष अवधि पुगेको थियो।
त्यस्तै, सिंदरबार वृत्तमा वेद बहादुर पौडेललाई पठाइएको छ ।
त्यहाँ चक्रबहादुर शाह कार्यरत थिए।
त्यस्तै, इप्रका सिमरामा डीएसपी सुभद्रा वाइवालाई खटाइएको छ।
त्यस्तै केही इन्स्पेक्टहरुको पनि काज सरुवा
भएको छ ।
इलाका प्रहरी कार्यालय गौशालामा उत्तम सिंह भण्डारी, इलाका प्रहरी कार्यालय पटेर्वा पर्सामा प्रकाश थापालाई पठाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles