Friday, August 15, 2025

पोखरिया नगरपालिका-५ सतवरियामा नयाँ मस्जिदको ढलान सम्पन्न।

ताजा / भरखरै प्राप्त

हबिबुलाह समानी,
१५ पौष, पोखरिया,

पोखरिया नगरपालिका वार्ड नं ५ सतवरियामा निर्माणाधीन नयाँ मस्जिदको ढलान कार्य आज सम्पन्न भएको छ। मुस्लिम समुदायको सक्रियता र सहकार्यले यो निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको हो।

मस्जिदको केही महिनाअघि सुरु भएको थियो। आधुनिक सुविधासहित निर्माण भइरहेको यो मस्जिदको पहिलो चरणमा ढलान कार्य पूरा भएको छ।

ढलान कार्य सम्पन्न भएको उपलक्ष्यमा स्थानीय मुस्लिम समुदायले सानो समारोहको आयोजना गरेका थिए। कार्यक्रममा विभिन्न समुदायका व्यक्तिहरू वडा सदस्य, समाजसेवी, र स्थानीय युवाहरूले उपस्थिति जनाएका थिए।
समारोहमा उपस्थित वक्ताहरूले धार्मिक स्थलको महत्व र सामुदायिक एकताबारे चर्चा गरे।

मस्जिद निर्माण कार्यलाई सम्पन्न गर्न स्थानीय समुदायले देखाएको सहकार्य उदाहरणीय रहेको बताइएको छ। “सबैको सहभागिताले यो परियोजनाले गति लिएको हो,” निर्माण समितिका अध्यक्षले भने: उनले आगामी दिनमा मस्जिद निर्माणको बाँकी चरणहरू पूरा गर्न थप आर्थिक सहयोग र समर्थनको अपिल पनि गरे।

कार्यक्रममा स्थानीय पूर्व मेयर दिपनरयण रौनियार, वार्ड नं ४ का वडा अध्यक्ष लक्ष्मण साह कानु, वार्ड नं ५ का वडा अध्यक्ष महिन्द्र महतो चाई, पूर्व वडा अध्यक्ष उमा साह कानु, मस्जिद कम्युनिटी अध्यक्ष अब्दुल रहीम साहब, उमेश चौहान, दिपक ठाकुर, वीरगन्ज महानगरपालिकाको उप मेयर इन्तियाज आलम, नेजमुदिन समानी, अब्दुल फरमान, गनी अन्सारी ,सकिम खलीफा,मौलाना उमर साहब , समीर आलम, फजिल अन्सारी, आषाढ आलम, खैरिल्लाह साहब र निर्माण समितिका सदस्यहरू लगायत सहभागी थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles