

रौतहट जिल्लाको राजदेवी नगरपालिका-५ स्थित पासवान टोलमा आगलागी हुँदा २५ घर जलेर नष्ट भएको बताइएको छ ।
आइतबार मध्यराति आगलागी हुँदा लाखौंको धन सम्पत्ति जलेर नष्ट भएका छन् ।
पासवान टोलमा रहेका बाबुलाल हजराको घरमा विद्युत् शर्ट भएर आगो सल्किँदा दीपेन्द्र पासवान, प्रदीप पासवान, रामनाथ हजरा सहितका घर जलेर पूर्ण रूपमा नष्ट भएको स्थानीयले
बताएका छन् ।
आगलागीको खबर प्राप्त भएपछि प्रहरी चौकी ब्रह्मपुरी, सशस्त्र प्रहरीको बीओपी बेलविछवा र
गौर नगरपालिकाको वारुणयन्त्रको मद्दतबाट आगो नियन्त्रणमा
लिइएको प्रहरीले जनाएको छ ।