Monday, May 19, 2025

आज तमु ल्होसार टुँडिखेलमा विषेश कार्यक्रम गरि मनाइँदै:

ताजा / भरखरै प्राप्त

कतै नयाँ वर्ष, कतै जीवनसाथी रोज्ने दिन पनि हो,,

गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै
आज तमु ल्होछार मनाउँदैछन् ।‘
ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।
तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् ।
‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ ।
यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै
जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।
तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा पनि दिएको छ ।

यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेको छ ।
पुस १५ गते नेपालीहरुले आ-आफ्नै परम्परा, संस्कृति र रितीअनुसार मनाउँदै छन् ।
तिथिको रुपमा नभई गतेको आधारमा मनाइने गुरुङ जातिको नयाँ वर्ष तमु ल्होछार पर्व आजकै दिन परेको छ ।
यस अवसरमा सरकारले सार्वजनिक बिदा
समेत दिएको छ ।

सुदूरपश्चिम प्रदेशका बासिन्दाले आजको दिनलाई ‘पुसे पन्ध्र’को रुपमा मनाइरहेका छन् । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका कुलपति डा. टीएन जोशीका अनुसार आजको दिन सुदूरपश्चिमेलीको मौलिक पर्व हो ।
यो पर्वमा कतै १५ हात लामो काठ जलाएर आगो ताप्दै रातभर कथा सुनाउँदै जाग्राम बस्ने चलन छ । कतै कतै विभिन्न कन्दमुल, रोटी लगायत १५ प्रकारका परिकार पकाएर खाने चलन पनि छ ।
कर्णाली प्रदेशको जुम्लामा पुस १५ मनाउन विवाहित चेलीहरू माइत आउने चलन छ ।
यस दिन दिनभर विभिन्न परिकार पकाएर सामूहिक भोज खाने र रातभर नाचगान गर्दै रमाइलो गर्ने चलन छ ।
भोलिपल्ट पुस १६ गते बिहानै नजिकैको धारा वा नदीमा गएर नुहाउने
चलन रहेको छ ।

आज सोमबारे औंसी
सूर्य उत्तरायण शुरु हुनुअघिको औंसी
अर्थात् पौष कृष्ण औंसीलाई नेपालीहरुले विशेष महत्वका साथ लिने गर्दछन् ।
यस दिन पितृलाई विधिपूर्वक आह्वान गरी श्राद्ध गर्ने परम्परा छ । ज्योतिषीय हिसाबले
मंसिर पूर्णिमाको त्यति
धेरै महत्व रहेको पाइँदैन
तर सूर्य दक्षिणायनबाट उत्तरायणोन्मुख रहेकाले यही दिनदेखि दिन
लामो र रात छोटो हुन्छ
भन्ने तर्क छ ।

औंसीको दिन आज सोमबार परेकाले आज बिहानै उठेर नबोली नुहाउने र पूजाआजा गर्ने चलन समेत छ ।
यसो गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ ।
पुस १५ को अन्तर्राष्ट्रिय सम्बन्ध
पुस १५ को दिन गुरुङहरूले ल्होछार
अर्थात् नयाँ वर्ष पनि मनाउँदैछन् ।
तिब्बती भाषामा
‘सार’ भनेको नयाँ र ‘लो’ भनेको वर्ष भन्ने हुन्छ । तिब्बतमा नामलाई पहिले र विशेषणलाई पछि लेख्ने चलन रहेकोले यो पर्वलाई ‘लोसार’ भन्ने गरिन्छ ।

पछि यसलाई तद्भव बनाएर नेपालमा ‘ल्होछार’ नाम राख्न थालियो ।नेपालमा ल्होछार
मनाउने थकाली, गुरुङ र तामाङहरूले तिब्बती लोसारमा केही परिमार्जन गरेका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानका
पूर्व कुलपति डा. जगमान गुरुङका अनुसार नेपाली मंगोल समुदायले मनाउने लोसारको गाई वर्गलाई तिब्बतमा गोरु वर्गको नामले चिनिन्छ ।
चीनमा सुँगुर वर्ग भनेर चिनिने महिनालाई नेपालमा मृग महिनाको रुपमा चिनिन्छ, तिब्बतमा
खरायो महिनालाई नेपालमा बिरालो महिना मानिन्छ ।
यसरी महिनामा पनि नेपाली मौलिक नामाकरण गरिएको गुरुङ बताउँछन् ।
मगरहरुको
जीवनसाथी रोज्ने दिन
पुस १५ लाई मगर समुदायले जीवनसाथी रोज्ने पर्वको रूपमा मनाउने गरेको डा.
गुरुङ बताउँछन् ।
उनका अनुसार तिहारमा देउसी खेलेर जम्मा
भएको पैसामा अपुग भए अलिअलि थपथाप गरेर मगर युवायुवतीहरुले
खुवा वा खोइ खाने
चलन छ ।
यही समयमा खुवा खाएपछि आफ्नो जीवनसाथी रोज्ने र गार्हस्थ जीवनको सुरुवात गर्ने परम्परा रहेको संस्कृतिविद् गुरुङ बताउँछन् ।
समग्रमा भन्दा पुस १५ विविध सांस्कृतिक पर्वहरूको संगम
बनेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles