

सैनिक आवासीय महाविद्यालय तेघरी कैलालीमा २०८१ पौष ९ गते मंगलबारका दिन कल्याणकारी योजना कार्यदलका संयोजक उपरथी हिरालाल जोशी (अ.प्रा.) , कल्याणकारी निर्देशनालयका निर्देशक सहायक रथी प्रकाश राज थापा, कोष तथा लेखा महाशाखा प्रमुख महासेनानी खुस बहादुर थापा, वरिष्ठ चार्टर्ड एकाउण्टेण्ट जीवन प्रसाद पौडेल, ईन्जिनियरिङ्ग तथा कल्याणकारी कार्य निर्माण कार्यकारिणी समिति प्रा.सेनानी भीमसेन
थापा सहितको टोलीबाट यस महाविद्यालयको
समग्र शैक्षिक तथा व्यवस्थापकीय पक्षको निरीक्षण सम्पन्न
भएको हो ।
निरीक्षणका क्रममा महाविद्यालयका प्रिन्सिपल सिद्धेश्वर पन्त (प्रकाश) र प्रमुख व्यवस्थापक प्र.से. मनोज कार्कीबाट क्रमशः महाविद्यालयको समग्र शैक्षिक तथा व्यवस्थापकीय पक्षबारे बिस्तृत जानकारी सहितको प्रस्तुतीकरण गरिएको थियो भने तत्पश्चात निरीक्षण टोलीबाट महाविद्यालयको शैक्षिक भवन, कक्षाकोठा, बिज्ञान, गणित तथा कम्प्यूटर प्रयोगशाला, पुस्तकालय र वाचनालय, विद्यार्थी आवास (छात्राबास), डायनिङ
हल र बहुउद्देश्यीय सभाहलको स्थलगत निरीक्षण गर्नुभएको थियो ।