पर्साका बीरगंज वडा
प्रहरी कार्यालय बिर्ताले भन्सार छली गरिएको भारतीय चामल बरामद गरेको छ ।
प्रहरी निरीक्षक निरोज चौलागाईंको नेतृत्वमा खटिएको टोलीले
वीरगंज महानगरपालिका मिनाबजारस्थित आलु गोदाममा भण्डारण गरिएको अवस्थामा ७५ बोरा विभिन्न ब्रान्डका भारतीय चामल बरामद गरेको छ ।
बरामद भएको चामलको मूल्य २ लाख रुपैयाँ रहेको प्रहरीले बताएका छन् ।