मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) लालमणि आचार्यबाट मधेश प्रदेश स्थित मातहतमा रहेका प्रहरी कार्यालयका प्रमुखहरुसँग चालु आ.व.२०८१।०८२ को कार्य सम्पादन सम्झौता प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।कार्य सम्पादन सम्झौता भएका प्रहरी कार्यालयका प्रमुखहरुले आ-आफ्नो कार्यालयबाट गरेको कार्य प्रगतिको अवस्था बारेमा प्रस्तुतीकरण एवं मधेश प्रदेश प्रहरी प्रमुखबाट मातहतका कार्यालयहरूलाई कार्य सम्पादन सम्झौता बमोजिम तोकिएको समयसिमाभित्र लक्ष्य हासिल गर्न र समसामयिक विषयवस्तुको बारेमा निर्देशन दिनुभएको छ ।