संयुक्त अभ्यासहरू प्रहरी र ( सशस्त्र प्रहरी बल, नेपालसँग) संचालन गर्ने” भनि सम्झौता भए अनुसार २०८१।०९।२५ गते जाजरकोट भेरी नगरपालिका वडा नं.३ थाप्ले स्थित त्रिभुवन मा.बि.को खेल मैदानमा प्र.जि.अ.मेख बहादुर मग्रातीको प्रमुख आतिथ्यतामा जिल्ला स्थित सुरक्षा निकायका कार्यालय प्रमुख , नागरिक समाजका अगुवा , पत्रकार, स्थानीय व्यक्तिहरूको उपस्थितीमा जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत २५ जना प्रहरी कर्मचारी तथा सशस्त्र प्रहरी बल नेपाल आश्रीत गुल्म जाजरकोटमा कार्यरत १५ जना सशस्त्र प्रहरी कर्मचारी गरीजम्मा ४० जना प्रहरी कर्मचारीहरूबाट हुल दंगा नियन्त्रण गर्नको लागी संयुक्त अभ्यासगरिएको छ ।