Saturday, January 11, 2025

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले मातहत कार्यालय प्रमुखहरुलाई शान्ति सुरक्षा, वर्तमान समसामयिक विषय तथा कार्यसम्पान सम्झौता प्रभावकारीरुपमा कार्यान्वयन गर्न निर्देशन दिनु भएको छ ।पुस २७ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा प्रदेश प्रहरी प्रमुख राजन अधिकारीको प्रमुख आतिथ्यतामा भएको निर्देशन सम्वोधन कार्यक्रममा उपस्थित मातहत कार्यालय प्रमुखहरुलाई वहाँले नागरिकको अपेक्षा बमोजिम छिटो छरितो, शिष्ट, सभ्य र पिढित मैत्री वातावरणमा प्रहरी सेवा प्रदान गर्न तथा आ-आफनो जिम्मेवार एरिया इलाकाहरुमा प्रहरी परिचालन गरी शान्ति सुरक्षा, सवारी दुर्घटना न्यूनिकरण, फरार प्रतिवादी पक्राउ, साईवर अपराध, लागुऔषधको प्रयोग तथा ओसारपसार, ठगी र अन्य अपराधका घटनाहरुलाई नियन्त्रण र निरुत्साहितगर्न योजनाबद्धरुपमा परिचालन हुन निर्देशन दिनु भएको छ ।

ताजा / भरखरै प्राप्त

साथै वहाँले सिमित स्रोत साधनको वावजुद पनि मेहनतका साथ कोशी प्रदेशमा शान्ति सुरक्षा प्रभावकारी बनाउन महत्वपूर्ण कार्य गर्नु
हुने मातहत कार्यालय प्रमुखहरुलाई हृदय देखि आभार व्यक्त गर्नु
भएको थियो ।
निर्देशन सम्वोधन कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा तथा कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले समेतको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles