Wednesday, January 22, 2025

नेपाल प्रहरीका विभिन्न कार्यालय र वरिष्ठ अधिकारीहरूकै नाम र दर्जा प्रयोग गरेर धम्की आउने गरेको गुनासो नागरिकबाट आएको प्रहरीले जनाएको छ ।

ताजा / भरखरै प्राप्त


ती व्यक्तिहरुले प्रहरीको नामबाट नागरिकहरूलाई चेतावनीसहित इमेलबाट धम्क्याउने गरेको पाइएको प्रहरी प्रधान कार्यालयको जनाएको छ ।

यस विषयमा गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रहरीले प्राप्त इमेलहरुको अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रधान कार्यालयले सार्वजनिक अपिल गर्दै त्यस्ता धम्कीपूर्ण इमेल आएमा कुनै प्रतिक्रिया नदिन र विश्वास नगर्ने भनेको छ ।
त्यस्ता इमेलकाबारे थप जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोमा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।

नक्कली प्रहरी बनेर धम्की र चेतावनी दिने क्रम बढेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles