सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर यस वर्ष सर्वोत्तम बाहिनी कार्यालयको रुपमा चयन हुनु भएको छ।
सशस्त्र प्रहरीका (डीआईजी) मगर सशस्त्र प्रहरीको २४ औं दिवसको अवसरमा सम्मानित गरिन लागिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले साज माघ ९ गते- आयोजित विशेष कार्यक्रममा गढीमाई बाहिनीका बाहिनीपति (डिआइजी) ठाडामगरलाई उत्कृष्टताको सम्मान प्रदान गर्ने कार्यक्रम रहेका छन् ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयको स्थायी आदेश २०८० अनुसार गरिएको वार्षिक निरीक्षणमा आठ बाहिनी मध्ये गढीमाई बाहिनी सर्वोत्कृष्ट बन्न सफलता पाएका छन् ।
यसअघि डिआइजी ठाडामगर मधेश प्रदेशका छिन्नमस्ता बाहिनीको नेतृत्वमा रहेका बेला
पनि उनले प्रदेशलाई उत्कृष्ट बनाएका थिए ।
उनको नेतृत्वमा सशस्त्र प्रहरी बलको अनुशासन, दक्षता, र कार्यक्षमतामा निरन्तर सुधार
देखिएको छ ।
उनी जुन स्तरको कामाण्ड तथा तालीम देखि नै उत्कृष्ट हुँदै आएका ब्यक्ति रहेको छन् ।
डिआइजी ठाडामगरको नेतृत्वदायी भूमिका (डीआइजी) गणेश ठाडामगरको एक वर्षे कार्यकाल म्याद थप भएसँगै, उनको नेतृत्वले सशस्त्र प्रहरी बलको व्यवस्थापन र तालिमको स्तरमा ऐतिहासिक उपलब्धि हासिल गरेका छन् ।
उनको समर्पणले गढीमाई बाहिनीलाई राष्ट्रिय स्तरमा उदाहरणीय बनाएको सशस्त्र प्रहरी बलका अधिकारीहरूले बताएको हो ।
गढीमाई बाहिनीको यो सफलता सशस्त्र प्रहरी बलको अनुशासन, दक्षता, र संकट व्यवस्थापनमा उनको भूमिकालाई अझै प्रभावकारी बनाउने मार्गदर्शन बनाउने अपेक्षा रहेको बताइएको छ ।