Wednesday, January 22, 2025

२४ औं सशस्त्र प्रहरी दिवसमा डीआईजीलाई प्रतिष्ठित अवार्ड प्रदान:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बल नेपाल
नं. ३ गढीमाई बाहिनी मुख्यालय, मकवानपुर (डीआईजी) गणेश ठाडामगरले उत्कृष्टताको उपाधि हासिल गरेका छन् ।

२४ औं सशस्त्र प्रहरी दिवसको अवसरमा आज, बुधबार आयोजित एक विशेष समारोह कार्यक्रममा गढीमाई बाहिनीलाई वर्षकै उत्कृष्ट घोषित गरिएको बताइन्छ ।

बाहिनीपति (डीआईजी) गणेश ठाडामगरलाई
गृह मन्त्री रमेश लेखकज्यु र सशस्त्र प्रहरी बलका प्रहरी प्रमुख (आईजीपी) राजु अर्यालज्युद्वारा संयुक्त रूपमा उत्कृष्ट बाहिनी अवार्ड, प्रदान गर्नु
भएको हो ।

उत्कृष्टताको मान्यतासहित पुरस्कृत गढीमाई बाहिनीले सुरक्षा व्यवस्थापन, अनुशासन, दक्षता, र प्रभावकारी कार्यसम्पादनका क्षेत्रमा अग्रणी भूमिका निभाएको प्रमाणित भएका छन् ।

सशस्त्र प्रहरीका (डीआईजी) गणेश ठाडामगरको नेतृत्वमा यसअघि २०७८ सालमा पनि प्रमाणित भएको
रहे छ , जब उनले महोत्तरीस्थित नं. २ छिन्नमस्ता बाहिनीलाई
पनि उत्कृष्ट बाहिनीको
अवार्ड दिलाएका थिए।

दुईपटक उत्कृष्टताको उपाधि दिलाउन सफलभएका डीआईजी ठाडामगरले आफ्नो सोच
र नेतृत्व कौशल फेरि एकपटक प्रमाणित
भएका छन् ।

गृह मन्त्री रमेश लेखकले अवार्ड वितरण समारोहमा सशस्त्र प्रहरी बलको
राष्ट्रिय सुरक्षामा योगदान र अनुशासनको प्रशंसा गर्दै उत्कृष्टता कायम राख्ने राखने गरेको प्रशंसा गरेका छन् ।

सशस्त्र प्रहरी बलका आठ वटा बाहिनीमध्ये उत्कृष्ट ठहरिएको गढीमाई बाहिनीले आगामी दिनमा पनि अझ उच्चस्तरको सुरक्षा र सेवा दिन प्रतिवद्ध रहेको बिश्वास गरिएको छ ।

सशस्त्र प्रहरीका (डीआइजी) गणेश ठाडामगरका नेतृत्वको गढीमाई बाहिनी उत्कृष्ट घोषित, प्रधानमन्त्रीद्वारा सम्मानित गरिने कुरा थियो, तर केही कारणवश प्रधानमन्त्रीज्यु आउन सक्नु भएन ।

(डीआइजी) गणेश ठाडामगरका नेतृत्वको गढीमाई बाहिनी उत्कृष्ट घोषित, भएको बताइन्छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles