ट्राफिकप्रहरीले सवारीसाधनको चाबी थुत्न नपाइने भएको छ ।
सवारी जाँचका क्रममा ट्राफिक प्रहरीले कानुन विपरीत जथाभाबी चाबी थुत्ने र सर्वसाधारणलाई दुख दिने गरेको पाइएपछि परेको निवेदनका आधारमा पाटन उच्च अदालतका न्यायाधीश चन्द्रमणि ज्ञवाली र कविप्रसाद न्यौपाने इजलासले यस्तो गर्न नहुने भनी निर्देशनात्मक आदेश दिएको छ ।