भारतमा भएको रेल दुर्घटनामा
मृत्यु हुनेको संख्या १३
पुगेका छन् ।
मृतकमध्ये ३ जना नेपाली पनि रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
रेलवेका जनसम्पर्क अधिकारीका अनुसार पुष्पक एक्सप्रेसका यात्रीबीचमा रेलमा आगो लागेको अफवाह फैलिएको थियो । त्यसपछि रेलको चेन खिचेर रोकेर यात्रीहरु उत्रिएका थिए। सोही समयमा अर्कोतर्फबाट बेंगलुरुदेखि दिल्ली जाँदै गरेको कर्नाटक एक्सप्रेसको चपेटामा केही यात्रु आएका थिए।
रेलमा आगो लागेको अफवाहका कारण भागदौड हुँदा विपरीत दिशाबाट आएकताको एक्सप्रेस रेलले ठक्कर दिँदा यात्रुहरुको मृत्यु भएको ह ।
यो घटनामा मृत्यु भएका १३ जनामध्ये ७ जनाको सनाखत भएको छ भने ६ जनाएको सनाखत बाकी रहेको छ ।
मृत्यु हुनेमा नेपाली नागरिकहरुपनि छन् ।
नेपाली मानिसको नामावली लछिराम पासी, बाबु खान र हिमु विश्वकर्मा रहेको भारतीय मिडियाहरुले
बताएका छन् ।