Saturday, January 25, 2025

जिल्ला प्रहरी कार्यालय, बाराद्वारा जारीप्रेस विज्ञप्‍ति:-

ताजा / भरखरै प्राप्त

मिति २०८१/१०/११गते ।
“धार्मिक स्थलमा उच्छृखलता प्रदर्शन गर्ने मानिस पक्राउ सम्बन्धमा”

मिति २०८१।१०।०१ गते जिल्ला बारा महागढीमाई नगरपालिका वडा नं. ०१ स्थित विश्व प्रसिद गढीमाई मन्दिरमा पञ्चवर्षीय मेला चलिरहेको अवस्थामा मन्दिरका दर्शनार्थीले चढाउन ल्याएका परेवा लुटने, मन्दिरको घण्टी, पंखा, त्रिशुल, सि.सि. क्यामरा, दान पेटिका र गढीमाई मन्दिरको बिवाह मण्डप समेत तोडफोड गरी क्षति पुर्याउने र प्रहरीलाई समेत डयूटीमा वाधा पारी उच्छृखल क्रियाकलाप गरेको सुचनाका आधारमा सो घटनामा संलग्न भएका व्यक्तिहरुलाई CCTV FOOTAGE को आधारमा पहिचान गरी खोजतलास गरिरहेकै अवस्थामा विभिन्न मितिमा तपशिलमा उल्लिखित ३ जना व्यक्तिहरु पक्राउ पश्चात म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको । तपशिल
१. जिल्ला रौतहट बृन्दावन न.पा. वडा नं. ०२ बस्ने सिस महमद अंसारीको छोरा अं. वर्ष २३ को एजाज अंसारी ।
२. जिल्ला बारा महागढीमाई न.पा. वडा नं. ०१ बस्ने भुजमुल्ला मास्टरको छोरा अं.वर्ष १९ को अरमान अंसारी ।
३. जिल्ला बारा महागढीमाई न.पा. वडा नं. ०१ बस्ने ईन्द्रदेव प्रसाद जयसवारको छोरा अं. वर्ष ३६ को विधा सागर पटेल । नि. कार्यालय प्रमुख, प्रवक्ता तथा सूचना अधिकारी
प्र.ना.उ.प्रकाश सापकोटा
जिल्ला प्रहरी कार्यालय बारा, कलैया
सम्पर्क नं. ९८५५०४५७६६ । साभार

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles