Monday, June 30, 2025

युवा समाजद्वारा सवारी दुर्घटना न्यूनीकरणका लागि प्रतिविम्बित स्टिकर टाँस्ने कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

अब्दुल कलाम हुसेन / वीरगञ्ज । वीरगञ्ज युवा समाजको आयोजनामा सवारी दुर्घटना न्यूनीकरणका लागि प्रतिविम्बित स्टिकर टाँस्ने कार्यक्रम सम्पन्न भएको छ। वीरगञ्जको तिलावे पुल, केहुनियामा आयोजना गरिएको कार्यक्रममा करिब ९०० साइकलमा प्रतिविम्बित स्टिकर टाँसिएको छ।

उक्त कार्यक्रमको आयोजना वीरगञ्ज युवा समाजले गरेका थिए भने सह-आयोजक जिल्ला ट्राफिक कार्यालय, पर्सा, वड़ा प्रहरी कार्यालय विर्ता एवम् वड़ा प्रहरी कार्यालय श्रीपुरको संयुक्त आयोजनामा भएको हो ।

कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईं, जिल्ला ट्राफिक कार्यालय पर्साका इन्चार्ज प्रहरी निरीक्षक लोकराज भट्ट, वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक श्यामकुमार बस्नेत, पोखरियाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक स्वरूप शर्मा, र समाजसेवी दिलीप कार्की लगायत विभिन्न युवा समाजका सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा जिल्ला ट्राफिक कार्यालय पर्साले प्रोजेक्टरको माध्यमबाट सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक भिडियो क्लिपहरू प्रदर्शन गरेको थियो। कार्यक्रमले साइकल प्रयोगकर्ताहरूलाई प्रतिविम्बित स्टिकर प्रयोग गर्न अभिप्रेरित गर्दै सडक सुरक्षामा सहयोग पुर्‍याउने उद्देश्य राखेको थियो।

वीरगञ्ज युवा समाजका अध्यक्ष संजीव थापाले समाजका लागि प्रत्यक्ष फाइदा पुर्‍याउने यस्ता कार्यक्रम भविष्यमा पनि निरन्तर आयोजना गरिने बताए। ट्राफिक कार्यालय पर्साका इन्चार्ज प्रहरी निरीक्षक लोकराज भट्टले चालकहरूलाई दुर्घटना न्यूनीकरणका उपायहरू अपनाउन चालकहरुलाई सचेत गराउँदै परामर्श दिएका थिए।

कार्यक्रमले सवारी दुर्घटना कम गर्न र ट्राफिक सुरक्षाबारे जनचेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेलेको स्थानीयवासीले बताएका छन्।
साभार

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles