Wednesday, January 29, 2025

बारामा यसरी भैरहेको छ बिहानैदेखि तस्करी

ताजा / भरखरै प्राप्त

कलैयाको बारामा केही नाकाबाट बिहानैदेखि तस्करी धन्दा शुरूभएको छ ।बिहानैदेखि हुस्सु लागेपनि तस्करी धन्दा भने सुचारू भएको छ। तेलकुवाकाे गाउँ हुदै तस्करहरूले तस्करी गरेको सामान बरियारपुर चाेक निकाल्दै आएका छन् । साइकल र माेटरसाइकलकाे माध्यमबाट मैदा , चिनी , चामल , तेल लगायतका किराना सामानको ठूलो मात्रामा तस्करीभैरहेको छ ।

यसबाहेक प्रमाेदकाे कपडाको तस्करी पनि चलिरहेको छ ।जबकि राज्यले चाेरी तस्करी नियन्त्रण गर्नकाे लागि सशस्त्र प्रहरी बललाई प्रमुख जिम्मेवारीदिएको छ ।तेलकुवामा सशस्त्र प्रहरीकाे बेश रहेको छ यो बेशमा सई प्रमुख रहन्छन् भने बरियापुर बेशमा सशस्त्र प्रहरी निरीक्षक अनिता श्रेष्ठ प्रमुख छिन् । तर यही बाटोबाट बिहानैदेखि ठूलो मात्रामा तस्करी धन्दाचलिरहेको छ ।तस्करी चलेको कारण राजश्व संकलनमा समेत प्रत्यक्ष नकारात्मक असर परेको छ । साभार

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles