रुपन्देहीको बुटवलका सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका पुर्व गृहमन्त्री रवि लामिछानेलाई एक करोड धराैटीमा छाडन अदालतको आदेश भएको बताइएको छ ।
रुपन्देहीको बुटवलका सुप्रिम सहकारी ठगी प्रकरणमा समेत दोषी ठहरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा भूतपूर्व उपप्रधान एवम् पुर्व गृहमन्त्री रवि लामिछानेलाई जेल बाहिरै बसेर मुध्दा लड्नका निम्ति रुपन्देही जिल्ला अदालतको आदेश अहिलेसम्मकै सबैभन्दा धेरै धरौटी रकमको माग गरेको बताइन्छ ।
न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनीसङ्ग एक करोड रुपैयाँ धरौटी लिने आदेश सुनाएको हो ।
यस अघि सहकारी ठगीकै अभियोगमा रविसँग कास्की जिल्ला अदालतले ६५ लाख र काठमाडौं जिल्ला अदालतले ६० लाख रुपैयाँ धराैटी लिएर रविलाई थुना बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउने औसर दिएको थिए ।
कास्की काठमाडौं र रुपन्देहीको गरी रविको धराैटी रकम दुई करोड पचीस लाख रुपैयाँ पुगेको बताइएको छ ।