पर्सा बिरगंजका प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगञ्जबाट खटिएको टोलीले आदर्शनगर स्थित माँ दुर्गा ट्रन्सपोर्टको गोदाममा छापामारी गरि राजस्व छली गरि भित्र्याइएको कपडा सशस्त्र प्रहरीले आज बिहान बरामद गरेको छ ।
नामुद तस्कर मदन गुप्ता ऊर्फ रुन्चेमदन नामले चिनिनेगरिन्छ
पर्साका बीरगंज महानगरपालिकाको वडा नंनम्बर दश आदर्शनगर बिरगंजमा सञ्चालन गर्दै आएको जय माँ दुर्गा करियरको गोदाम सशस्त्रका प्रहरीले छापा मारेका छन् ।
छापमारीबाट लाखौंको अबैध भन्सार छली विभिन्न प्रकारको कपडा र सरसमान पक्राउ पर्साका सशस्त्र प्रहरीले गरेका छन् ।
पर्साका सशस्त्रका प्रहरीले करिब ५१ लाख रकम बराबरको अबैध कपडा र हार्डवेयरका सामान बिरगंजमा पक्राउ गरेका छन् ।
सशस्त्र प्रहरीका डिएसपी लोकेन्द्र सुब्बाको माण्डमा खटिएको टोलीले छापामारी गरि बरामद गरेको सामान आवश्यक कारवाहीकोलागि पर्साका बीरगंज भन्सार कार्यालयमा पठाएको सशस्त्र प्रहरी बल नेपाल १३ न. गणका सूचना अधिकारी (डीएसपी) नरेन्द्र धामीले बताएका छन् ।
स्थानीय प्रशासन तथा केन्द्रीय सत्तामा जस्तो सुकै बदलाव भएपनि मदन रुन्चेको अनधिकृत कारोवार कहिल्यै अवरुद्ध नभएको स्थानीयले बताउँछन् ।
स्थानीय प्रशासनले तस्करी रोकिएको हो दावी गरिरहेको भएपनि रुन्चेको गोदाममा
गरिएको यो छापामारीले धरै कुरा बताएको बुझन सकिन्छ ।
अनधिकृत कारोवारमा संलग्न रुन्चे मदनको पहुच तल देखि माथिसम्म रहेकाले उनको कारोवार कहिल्यै पनि बन्द नहुने गरेको स्रोतले पनि
बताउछन ।