बारा प्रहरीको हिरासतबाट एक जना थुनुवा भागेका छन् ।
बाराको जितपुर सिमरा इलाका प्रहरी कार्यालयको हिरासतबाट एक जना थुनुवा भागेको बाराका प्रहरीले बताएका छन् ।
प्रहरीको हिरासतमा रहेको फरार भएका थुनुवा बारा जिल्ला
सिमरा वडा नम्बर २ का निवासी महेश चौधरी रहेको बुझिएको छ ।
उनीमाथि अभद्र व्यवहार मुद्दा दर्ता रहेको बारा प्रहरीले बताएका छन ।