नेपाल प्रहरीको अनुसन्धाको टोलीले
काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद ३९ लाख ७८ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१५ घर भई हाल काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ रहेको छन् ।
उनलाई लाई काठमाडौंकोइन्द्र चाैकबाट ३९ लाख ७८ हजार नगदसहित आइतबार दिउँसो काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।