भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको महाकुम्भ मेलाको घाटमा भागदौड मच्चिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । गएराति करिब साढे १ बजे मौनी अमावस्याको अवसरमा अमृत स्नान हुनु अगावै भागदौड मच्चिँएको हो ।भागदौडमा परि धेरै जना घाइते भएको हुनसक्ने अनुमानगरिएको छ । घटना पछिको दृश्य ।