Friday, January 31, 2025

समाचारप्रति चित्त नबुझे काउन्सिलमा उजुरी गर्न सकिने प्रवाधानलाई छलेर प्रहरी समक्ष उजुरी दिनु प्रचलित अभ्यास र प्रेस स्वतन्त्रता विरुद्ध हुने : महासंघ

ताजा / भरखरै प्राप्त

मिति : २०८१।१०।१६
प्रकाशित समाचारको विषयलाई लिएर नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सदस्य दिनेश पराजुली विरुद्ध प्रहरी कार्यालयमा अभद्र व्यवहारको उजुरी दिएकोप्रति महासंघको ध्यानाकर्षण भएको छ ।

आफ्नो विषयमा समाचार लेखेको आधारमा जनमत पार्टीका एक नेताले ्‌पत्रकार पराजुली विरुद्ध सप्तरीस्थित कंचनपुर इलाका प्रहरी कार्यालयमा अभद्र व्यवहारको उजुरी दिएकोे महासंघ सप्तरी शाखाले जनाएको छ ।

समाचारप्रति चित्त नबुझे प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने प्रवाधान रहेकामा त्यसलाई छलेर प्रहरी समक्ष उजुरी दिनु प्रचलित अभ्यास र प्रेस स्वतन्त्रता विरुद्ध हुन जाने महासंघको ठहर छ ।

अतः प्रेसको संवैधानिक अधिकारको ख्याल गरी यस्ता कार्य नदोर्‍याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै महासंघ पत्रकारलाई निर्वाध र निर्भीकतापूर्वक काम गर्ने वातावरण बनाउन स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदछ ।

रामप्रसाद दाहाल
महासचिव

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles