Wednesday, March 12, 2025

सशस्त्रका(डीआईजी)को आयो कडा निर्देशन:-

ताजा / भरखरै प्राप्त

मधेस प्रदेशका सशस्त्रका प्रहरीले बदमासी गरे कारवाही गर्नबाट पछि नहटने (डीआइजी) कालीदास धौवजीको निर्देशन भएको
बुझिएको छ ।

देबेन्द्र यादव
बदमासी गर्ने सशस्त्रका प्रहरीहरुलाई कारवाही गर्नबाट पछि नहटने सशस्त्र प्रहरीका (डिआइजी) धौवजीले सशस्त्र प्रहरीहरूलाई कडा निर्देशन दिनुभएको हो
बताएको छ ।

सीमा नाकाबाट अबैध क्रियाकलाप गर्ने तस्करहरू सङ्ग कुनै किसिमको साटघाट गर्ने सशस्त्र प्रहरीका कर्मचारीहरूलाई कारवाही गर्ने सशस्त्र प्रहरीका (डीआइजी) कालिदास धौवजी ले बताएका छन ।

सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिणी बर्दिवासका प्रमुख (डीआइजी) कालिदास दौवजीले दैनिक सङ्ग कुरा गर्दै मधेस प्रदेशको कुनै जिल्लाको सीमा नाकाहरूबाट तस्करी गर्ने गिरोह सङ्ग आफ्नो मिलोमतो नरहेको र तस्कर सङ्ग साटघाट अर्थात मिलोमतो गर्ने प्रहरीहरुलाई कारवाही गर्नबाट पछि नहटने बताएको हो ।

पर्सा, बारा, रौतहट, सर्लाही , महोत्तरी, धनुषा, सिरहा, सप्तरी लगायत मधेस प्रदेशका सीमा नाका स्थित सबै बिओपी, प्रस्तावित सीमा सुरक्षा गुल्मका प्रमुखहरूलाई कडा निर्देशन दिएको बताउनु भएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल संगठनको नीति निर्देशन विपरित कुनै कार्य कसैलाई गर्न छुट नभएको र त्यसतो किसिमको लापरबाही र साटघाट गर्ने प्रहरीहरुलाई कारवाही गरिने बताउनु भएका छन् ।

नेपाल र भारतको खुल्ला सीमा नाका भएकोले सशस्त्र प्रहरीको लागि चुनौतीपूर्ण बिषय रहेपनी आफ्नो पेशामा इमान्दारीता पूर्वक कार्य गर्दै जाने सबै कमान्डरलाइ सुझाव दिएको छन् ।

उनका अनुसार सीमाबाट पूर्णरूपले तस्करी रोकिन नसकिने भएपनी आफ्नो पेशा प्रती इमान्दार रहि त्यसता गतिविधि गर्नेहरू माथी निगरानी बढाउन निर्देशन दिएको (डीआईजी) धाैवजीले बताएका छन्  ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles