झापामा गोली चलाएर प्रहरीले नियन्त्रणमा लियो भारतिय नागरिक लागुऔषध कारोबारीलाई ।
झापाको,कनकाई नगरपालिकास्थित तुलसीबारीमा प्रहरीले चलाएको गोली लागेर भारतीय नागरिक लागुऔषध कारोवारी अञ्जर आलम
घाइते छन् ।
लागु औषध कारोबारीलाई नियन्त्रण लिनेक्रममा प्रहरीले गोली चलागिएको बताइएको छ ।
कनकाई नगरपालिका वडा नम्बर ४ मा तुलसीबारिमा मंगलबार साँझ प्रहरीले भारतीय नागरिक माथि गोली चलाएको हो ।
प्रहरीले चलागिएको गोली लागेर भारतीय नागरिक अन्जर आलम घाइते भएका छन् ।
उनको घुँडामा गोली लागिएको झापाका प्रहरीले बताउँछन् ।
उनको बायाँ खुट्टामा गोली लागेको छ ।
प्रहरीका अनुसार, ६ राउण्ड गोली चलेकामा एक राउण्ड उनको खुट्टामा लागेको हो ।उनका भाइ युसुफ आलमलाई प्रहरीले
पक्राउ गरेको छ ।
उनीहरुको साथबाट ब्राउन सुगर ३२ ग्राम बरामद भएको प्रहरीले
जनाएको छ ।नेपाल भारत सीमा क्षेत्र नजिक पर्ने तुलसीबारीमा लागूऔषध कारोबारी समात्न लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय, झापाको टोली खटिएको थियो ।
उनलाई अस्पतालमा भर्नागरेको हो प्रहरीले जनाएको छ ।