नवलपरासीबाट लागुऔषध खैरो हिरोईनसहित चार जना पक्राउ परेका छन । पक्राउ पर्नेमा रुपन्देही बुटवल उ.म.न.पा. ११ श्रृजनानगर बस्ने बर्ष २३ को सन्दिप मगर, सोही स्थान बस्ने १६ बर्षका नाबालक नाम थर (गोप्य), देवदह नगरपालिका- २ बिर्ता घरभई ससुराली घरमा बस्दै आएका बर्ष ३४ को किसुन भर र रामग्राम नगरपालिका- १२ पचगावा बस्ने बर्ष २५ को सुनिल राजभर पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय परासीका सुचना अधिकारी एवम प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिएको छन् ।