Monday, June 30, 2025

थुनछेक बहस नसकिएपछि रविलाई हिरासतमा पठायो:-

ताजा / भरखरै प्राप्त

थुनछेक बहस नसकिएपछि रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको छ ।
चितवन जिल्ला अदालतमा वहस नसकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको छ । साहारा चितवन सहकारी ठगी आरोपमा जारी थुनछेक बहस नसकिएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको हो ।
चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासमा आजै बयान सकेर थुनछेक बसह सुरु गरेको थियो ।
आज वहस नसकिएपछि न्यायाधिस ढकालले उनलाई भोलि (बिहीबार) १० बजे अदालतमा उपस्थित हुनेगरी न्यायिक हिरासतमा पठाउने आदेश गरेको हो ।
जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस र थुनछेक गर्नका लागि भोलि उपस्थित हुनेगरी रविलाई प्रहरीको जिम्मा
लगाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles