पथलैया। बाराको ट्राफिक प्रहरीको असुली धन्दाले यातायात व्यवसायीहरु अजित भएका छन्
सिमरा स्थित ट्रफिकको असुलिले व्यवसायी अजित भएका हुन ।
बाराका ट्राफिक प्रहरीले चेकजाँचको नाममा ‘अवैध असुली’ गरिरहेको समाचार प्राप्त भएको छ । खालिडर्म बोकेका यी सवारीसाधनका चालकहरुले भने अनुसार उनिहरुले ट्राफिक प्रहरीलाई महिनावारी रकम दिदै आएका छन् । तर पनि ट्राफिक प्रहरीले महिना बित्न नपाउँदै माग्ने गरेको, र अघिलो महिना भन्दा हरेक महिना बढी बढी रकम माग्ने गरेको र नदिएमा माल बोकेका गाडी घन्टो सम्म रोकेर दुख दिने गरेको बताएको छन् । अहिले सिमरा ट्रफिक प्रहरी प्रमुख असई, ब्बलु ठाकुर रहेको छन् ।
ट्राफिक प्रहरीहरुले अवैध असुली गरिरहेको तथ्य प्राप्त भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका मातहत अस्थायी ट्राफिक पोष्ट सिमरामा कार्यत ब्बलु ठाकुर रहेको छन् ।
त्रिभुवन राजपथ अन्तर्गत सिमरा लगायतका सडकमा चल्ने भारतीय सवारीसाधनसँग ट्राफिक प्रहरी कार्यालय बाराका मातहतबाट खटिने प्रहरीले चेकजाँचका नाममा अवैध रकम असुल्ने गरेको गुनासो आएको छ ।
वीरगंज भन्सार कार्यालय, आईसीपी र सुख्खा बन्दरगाहबाट निस्कने मालवाहक सवारीसाधनहरुबाट सिमरा पथलैयाका ट्राफिक प्रहरीहरुले अवैध असुली गर्दै आएको बुझिएको छ ।
ट्राफिक प्रहरीले बारामा सवारी चालकहरुलाई आतंकित पारेको छ । मासिक र दैनिक रुपमा असुलीको नियम बनाएर ट्राफिक प्रहरीहरुले अबैध रकम उठाइरहेको सवारी चालकहरु बताउँछन् ।
प्रत्येक ६ महिनामा युनिटका ट्राफिक प्रहरी परिवर्तन हुने खबर
पनि छ ।
दिनमा हजारौं हजार सवारी साधन ओहोर दोहोर गर्ने उक्त ठाँउहरुमा सवारीचालकहरुले ट्राफिकको यस्तै नियति व्यहोर्नु परिरहेको बारा जिल्लाका गाउँबाट धान ढुवानी गर्ने एक पीडित बताउँछन् ।
चोक सडक भएर आउजाउ गर्ने सवारी साधनका चालकसँग ट्राफिक व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरीहरुले अनेक बहानामा रकम असुल्ने र रकम नदिए दुःख दिने गर्दै आएको उनीहरुले गुनासो गरेका छन् ।
त्यसैले पनि अहिले मालवाहक ट्रक, ट्यांकर तथा ट्रिपर व्यवसायीहरू ट्राफिकसँग आजित बन्न थालेका छन् ।
भारतबाट आउने मालवाहक ट्रकहरुमध्ये अधिकांश सवारी साधन ओभरलोड नै आउने गर्छन् र ट्राफिकसँग समन्वय गरी एजेन्टहरुले मालवाहक सवारीका साहुसँग ठेक्का मिलाई पास गराउँदै आएका छन् ।
मालवाहक सवारीसाधनको ‘भारवहन नियम सम्बन्धी निर्देशिका २०७४’ मा तोकिएको क्षमताभन्दा बढी भार बोकेको पाइएमा त्यस्ता मालवाहक साधनलाई जरीवाना गरी बढी भएको मालसामान झार्नुपर्ने व्यवस्था छ । सोही कानूनमा टेकेर जाँचमा खटिएका ट्राफिक प्रहरीले ट्रक चालकसँग अनधिकृत रूपमा रकम असुल्ने गरेका छन् । क्षमताभन्दा बढी भार बोक्ने साधनलाई ट्राफिक प्रहरीले एक हजार पाँच सय रुपैयाँ जरिवाना तिराउन सक्छ । जरिवाना गरेर बढी भार मिलान गरेपछि मात्र जान दिनुपर्नेमा अनधिकृत रकम लिएर छाड्ने गरेको भेटिएको छ ।
बीरगंज भन्सार कार्यालय आईसीपी तथा सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट सामान लिएर छुटेका बिशेष गरी भारतीय मालवाहक ट्रक तथा लहरीहरुसँग ट्राफिक प्रहरीले सामान र भार हेरेर एक सय देखि १५ सय रुपैयाँसम्म असुल्ने गरेको गाडीको चालकले बताउँछन् ।
अहिले ट्राफिक प्रहरीको चेकजाँचको नाममा पैसा असुल्ने रणनीतिका कारण सिमरा चोक, सडकखण्डमा सवारी जामसमेत हुने गरेको छ ।
सिमरा चौकमा ट्राफिक प्रहरीले अबैध रकम उठाएको फोटो, भिडियो तथा चोकमा बस्ने स्थानीयले नजर राख्न थालेपछि उनीहरुले पहिला उठाउने ठाउँबाट एककिलोमिटर पर गएर चेकजाच सुरु गर्नगरेको छन् र एकान्त ठाउमा सारेर असुली गरिरहेका छन् ।
ट्राफिक प्रहरी कार्यालय बाराका मातहतमा रहेको सिमरा युनिट इन्चार्जहरूले अबैध असुली गरेको रकमबाट कमाई हुने ठाउँ अनुसार माथि हिस्सा बुझाउने गरेका छन् । उल्लेखित पोष्टका इन्चार्जहरुले जिल्ला ट्राफिक प्रहरी प्रमुखलाई तोकेको दररेट अनुसार मासिक रकम बुझाउने गरेका छन् ।
यतिमात्र हैन उक्त असुली हुने रकमको हिस्सा प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका एसपीसम्म पुग्ने गरेको स्रोतको दाबी छ ।
यस्तै हरेक उद्योग करखानाहरुबाट दररेट तोकेर उठाउने गरेको स्रोतले जनाएको छ ।
हावा नचली पात हल्लिंदैन भन्ने उखान यसै चलेको
हैन । तालुक निकायले विशेष संयन्त्र प्रयोग गरेर सुक्ष्म छानबिन गर्ने हो भने केही दिनमै असुली काण्डको भेद पर्दाफास हुने अपेक्षा गरिएका छैं ।