एक विद्यालय एक ट्राफिक शिक्षक” को रुपमा विकास गरी प्रत्यक विद्यार्थि सम्म सवारी नियम बारे जानकारी प्रदान गर्ने उद्देश्यले आयोजित ट्राफिक शिक्षक प्रशिक्षण कार्यक्रम जिल्ला चितवन ईच्छाकामना गा.पा वडा नं. ४ कुरिनटार स्थित गाँउपालिकाको सभाहलमा सम्पन्न भएको छ । प्रमुख अतिथी ईच्छाकामना गाँउपालीका अध्यक्ष दान ब. गुरुङ ज्यू रहनुभएको उक्त कार्यक्रमको अध्यक्षता नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक (एसपी)नरेशराज सुबेदीले गर्नुभएकोथियो ।