काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलाको आफ्नो पाँचौं खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेलिरहेको छ ।
टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले नेदरल्याण्ड्सलाई १४६ रनको बलियो
लक्ष्य दिएको छ ।
नेपालले २० ओभरमा ४ विकेट गुमाएर १४५ रन बनायो ।
नेपालका लागि पुजा महतोले अविजित अर्धशतक बनाइन् ।
पुजाले ५१ बलमा पाँच चौकासहित ६२ रन
बनाइन् । यो यस शृंखलाकै उच्च व्यक्तिगत स्कोर हो ।
कप्तान इन्दु बर्माले ३९ तथा रुबिना क्षेत्रीले
२० रन बनाइन् ।
नेदरल्याण्ड्सका लागि आइरिस विलिङले २ विकेट लिँदा कारोलिन डे लाङ र हिथर सिगर्सले १-१ विकेट लिए ।चौथो नम्बरमा ब्याटिङमा आएकी पुजाले शृंखलामै नेपालका लागि पहिलो अर्धशतक बनाएकी हुन् ।
पुजाको यो दोस्रो टी२०आई अर्धशतक हो ।