Saturday, June 28, 2025

पर्सा प्रहरीद्वारा ५६ लाख मुल्यको अबैध सामान बरामद:-

ताजा / भरखरै प्राप्त

पर्सा प्रहरीले पर्साबाट ठूलो परिणाममा भन्सार छलीको अबैध माल सामान बरामद गरेको छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतका प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानहरूबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको अवस्थामा विभिन्न किसिमका सामान बरामद गरिएको हो ।
बरामद सामानहरु ईलेक्ट्रोनिक्स, खुद्रा, खाद्यान्न, सुर्ती, चप्पल लगायतका मालबस्तुहरू रहेका छन । उक्त सामानको अन्दाजी रु.५६,४६,४२९।– (छपन्न लाख छयालीस हजार चार सय उन्नतीस) बराबरको रहेको कार्यालयका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles