Sunday, June 29, 2025

सिन्धुलीमा लागुऔषध कारोबारी पक्राउ:-

ताजा / भरखरै प्राप्त

सिन्धुलीमा प्रहरीले धमाधम लागुऔषध कारोबारी पक्राउ गरेको छन् ।
गोप्य सुचनाको आधारमा प्रहरीले लागुऔषध कारोबारीलाई पक्राउ
गरेको हो ।
सोमबार प्रहरीले लागुऔषध सहित सिराहा मिर्चैया नगरपालिका –६ बस्ने वर्ष–२५ को अजय कुमार साहलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय, भिमानबाट खटिएको प्रहरी अधिकृत समेतको टोलीले भिमान चेकपोष्टमा बिराटनगरबाट काठमाडौँं तर्फ जाँदै गरेको बा ५ ख ३५८ नम्बरको हाईसमा सवार साहले लुकाइछिपाई ल्याएको लागुऔषध फेला पारेको थियो ।

साहले दाहिने खुट्टामा लगाएको मोजा भित्र लुकाई छिपाई ल्याएको लागु औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ९.७० ग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोबिन्दराज काफ्लेले बताउनुभयो । लागुऔषध सहित साहलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको छ ।

आइतबार भिमानबाटै लागुऔषध सहित उदयपुर त्रियुगा नगरपालिकाका २९ बर्षिय हेमकान्त चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । बिराटनगरबाट काठमाडौँं तर्फ जादै गरेको बा ५ ख ५९८८ को हायसलाई इलाका प्रहरी कार्यालय भिमानमा चेकजाँच गर्ने क्रममा सर्टको खल्तीमा लुकाई छिपाई राखिएको लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ
बरामद गरीएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जानकारी दिएको छ ।

चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
साभार

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles