Sunday, June 29, 2025

राजस्व अनुसन्धान कार्यालय पथलैयाले दायर गर्‍यो ६ महिनामा ८ मुद्दावीरगञ्ज (पर्सा) ।

ताजा / भरखरै प्राप्त

राजस्व अनुसन्धान कार्यालय पथलैयाले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ६८ करोड ७३ लाख मागदाबीसहित राजस्व चुहावटसँग सम्बन्धित आठ वटा मुद्दा दायर गरेको छ ।कार्यालयले गत आर्थिक वर्षको सोही अवधिमा भने ५४ लाख माग दाबीसहित राजस्व चुहावटसँग सम्बन्धित एक मात्रै मुद्दा दर्ता गरेको थियो ।

राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा राजस्व चुहावट सम्बन्धित मागदाबी रकम र मुद्दासंख्या उल्लेखनीय रुपमा वृद्धि भएको जानकारी दिए ।‘कार्यालयले चालु आवको छ महिनाको अवधिमा ६८ करोड ७३ लाख राजस्व चुहावटसँग सम्बन्धित मुद्दा मागदाबी रकमसहित आठ वटा राजस्व चुहावटका मुद्दा दर्ता गरेको छ,’ उनले भने, ‘गत आवको सोही अवधिमा राजस्व चुहावट सम्बन्धित एउटा मात्रै मुद्दा दर्ता भएको थियो ।’कार्यालयले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा राजस्व चुहावट धरौटी दाखिला रकम करिब ९६ प्रतिशत बढी संकलन गरेको छ । कार्यालयले चालु आवको छ महिनाको अवधिमा राजस्व चुहावट धरौटी दाखिला रकम दुई करोड ९८ लाख संकलन गरेको छ ।
जबकी गत आवको ६ महिनाको अवधिमा भने एक करोड ५२ लाख धरौटी दाखिला गरेको थियो ।कार्यालयले गत आवको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भिसिटिएस जरिवाना रकममा पनि १२ लाख ४३ हजार बढी सङ्कलन गरेको छ । कार्यालयले चालु आवको छ महिनाको अवधिमा भीसीटीएस जरिवाना रकम ४७ लाख ४३ हजार संकलन गरेको छ भने गत आवको सोही अवधिमा भने ३५ लाख संकलन गरेको थियो ।कार्यालयले चालु आवमा विदेशी विनियम मुद्दा संख्या ६ रहेको छ भने गत आवमा पनि यो मुद्दासंख्या ६ नै रहेको थियो ।
रासस

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles