Sunday, June 29, 2025

जिल्ला प्रहरी कार्यालय महोत्तरीको कन्ट्रोल रुममा ड्युटी गरिरहेका प्रहरी सहायक निरीक्षक (असइ) सुरेन्द्र राम चमारको मृत्युभएको छ ।

ताजा / भरखरै प्राप्त

ड्युटीमै रहेका वेला अचानक श्वास लिन समस्या भएपछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएकाे थियाे ।पछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिए पनि उनलाई चिकित्सकले बचाउन सकेनन् ।बुधबार साँझ ५ बजे उनलाई श्वास लिन असहज भएको थियाे । साँझ ६:१५ मा उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ । सुगर तथा ब्लडप्रेसर रोगबाट पीडित रहेका असइ चमारलाई अचानक श्वास लिन समस्या भएपछि चिकित्सकले सिपिआरसहितको कृत्रिम माध्यमले अक्सिजन पूर्ति गर्ने प्रयास गरे पनि सफल हुन नसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुप्रसाद जयसवारले बताए ।

२३ वर्ष १० महिना आठ दिन प्रहरीमा सेवा गरेका असइ चमार सात महिना पहिले सिन्धुपाल्चोकबाट सरुवा भई जिल्ला प्रहरी कार्यालय महोत्तरी आएका थिए ।प्रादेशिक अस्पताल जनकपुरमा मृतक प्रहरीको पोस्टमार्टमपछि शव परिवारको जिम्मा लगाउने तयारी भइरहेको डिएसपी जयसवारले बताए ।उनले असइ चमारको निधनले प्रहरी संगठनलाई अपूरणीय क्षति भएको बताए ।उनका श्रीमती,दुई छोरा र एक छोरी छन् । जेठो छोरा वैदेशिक रोजगारीमा छन् भने छोरीको बिहे भइसकेको र अर्को छोरा पढ्दै पढैछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles