Sunday, June 29, 2025

प्रमुख प्रशासकीय अधिकृत गुप्ताले आर्थिकडिमान्ड पुरा नगर्दा चरित्र हत्यागर्दै:-

ताजा / भरखरै प्राप्त

(नन्दकिशोर गुप्ता राैतहट)

रौतहटको इशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा नन्दकिशोर गुप्ता ईशनाथ नपामा आएपछि अहिले नगरपालिकाको विकासमा तिब्रता
आएको छ ।
गत भदौ देखि इशनाथ नगरपालिकामा उनी हाजिर भए देखि अहिले सो पालिकाले सञ्चालन गर्दै आएका सम्पुर्ण विकासका आयोजनाहरुको काममा प्रगति हुँदै आएको स्थानीयहरुले
बताएका छन ।

इशनाथ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा बिगत का दिनहरुमा समाजिक सुरक्षा भत्ता,सुत्केरी भत्ता,कर्मचारीको
तलबका साथै बिकासका आयोजनाको रकम भुक्तानी नहुँदा श्रमिकहरू पारिश्रमिक पाउनबाट वञ्चित हुनुको साथै विकासका सम्पुर्ण गतिविधिहरू थप्प भएका थिए।स्थानियका अनुसार पालिकामा प्रसाशकिय अधिकृतको रुपमा गुप्ता मुस्कान सहितको सेवालागू गरेको नगरपालिकाले प्रभाह गर्ने सम्पुर्ण सेवाहरू नियमित रुपमा संचालन हुनुका साथै कर्मचारीहरु पनि समयमा नै आउने गरेका छन ।

स्वच्छ छवि तथा काममा अग्रसर रहने प्रसाशकिय अधिकृत गुप्ता आफू यस पालिकामा आएको पाँच महिना भएको र आफू यस नगरपालिकाको बिकासको लागि जनप्रतिनिधिहरु संग पार्दर्शिक रुपमा काम गर्दै आएको बताए ।
स्वच्छ छविका र पार्दर्शिक रुपमा काम गरेकै कारण केही अराजक तत्वले बदनाम गर्न खोजेको उनले बताए।यस नगर पालिकामा आएको केही दिन देखि नै कानुन विपरीत कामहरु मा रोक लगाएको कारण नै मेरो चरीत्र हत्या गर्न खोजिएको नन्दकिशोर गुप्ताले बताएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles