Saturday, April 19, 2025

बाराको सिमरामा हराएका बालक हन्श चाैधरीको शवफेला:-

ताजा / भरखरै प्राप्त

दस दिनदेखि हराईरहेको बालक हन्श चाैधरीको शव फेला परेको छ ।

बाराको जीतपुरबाट १० दिन अगाडी बेपत्ता भएका बालक हन्शलाई खोजी गर्नेक्रममा नदीमा मृत फेला परेको छ ।

जीतपुरमा हराएका एक बालकको खोजी गर्ने क्रममा स्थानीय एक नदीमा उनको शव फेला परेको स्थानीयले बताएका छन् ।

स्थानीय स्रोतका अनुसार, बालक केही दिनदेखि हराइरहेका थिए ।
उनको खोजी परिवार र स्थानीयहरुले
उनको खोज तालाश गरिरहेका थिए ।
खोजीको क्रममा स्थानीय नदीको किनारमा बालकको शरीर मृत भेटिएको छ ।

घटनाको जानकारी पाएपछि प्रहरी तथा आफन्त र अन्य सम्बन्धित निकायहरू घटनास्थलमा
पुगेका छन् ।
प्रारम्भिक अनुसन्धानपछि बालकको मृत्युको कारण पत्ता लगाउन थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाइएको छ ।

यस घटनाले स्थानीय समुदाय गाउँवासी हरुमा शोकको माहोल सिर्जना भएको छ, आफन्त तथा परिवारजन गहिरो पीडाको शोकमा ढुबेको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles