बसन्त बहादुर कुवंर
पुलिस क्लबको नया भबन समुद्घाटनको अबसरमा सम्माननिए प्रधानमंन्त्रीको हाथ बाट एआइजिपी दिपक थापाले सम्मान प्राप्त गरेको कुरा समाचारमा पढें। सुहाएकै देखियो ।
सम्मान लिने दिने काम त दैनिक जसो भै रहन्छ तर कतीपए अबस्थामा त्यो सम्मान लिनेले सम्मान लिएको नसुहाएको हो की जस्तो पनि देखिन्छ । यॉहा त्यस्तो देखिएन ।
थापा साब लगाएत त्यस समाहरोहमा सम्मान पाउने हरु सबैमा बधाइ ।
जॉहा सम्म पुलिस क्लब को नया भबन निर्माणमा सम्मान जरुरत छ त्यो मैले बुझे सम्म आइजिपी प्रदिप शंसेर बाटै सुरु हुन्छ ।
म त्यती बेला आइजिपी प्रदिप शंशेर साबको प्रमुख पि.ए थिए र मलाइ राम्ररी थाहा छ की पुलीस क्लबमा एक आधुनिक क्लब तथा सभा केन्द्र बनाउने मास्टर प्लान र नक्सा समेत वॉहाकै पालामा बनि इन्जिनिएर रंजन सिंह शाह ज्यु बाट काम समेत सुरु भएको थियो तर त्यो परीयोजना लाइ आइजीपी श्याम भक्त थापा सासनमा आए पछी नराम्ररी तुह्याइएको थियो। श्याम भक्त थापाको सासन काल यो क्लबको बिकाषका लागी खलनाएकी कालखण्ड थियो। त्यस पछी यस्को बिकाषमा कस्ले के गरे ? त्यो मलाइ थाहा भएन किनकी म जागीरमै रहिन तर मैले सुने अनुसार आइजीपी शर्बेन्द् खनालको यस क्लबको आधुनिकीकरण र बिकाषमा सॉच्चीकै ठुलो र बिषीष्ठ योगदान रह्यो रे । मलाइ खुसि लाग्यो की आज त्यो नया भबनको समुद्घाटन भएछ जुन नया स्टक्चरको कल्पना गर्ने समएमा म पनि प्रदीप सरको टिममा समाबेस थिंए। मैले आज क्लबको समुद्घाटन भयो रे भन्ने सुने पछी पहिला आइजीपी प्रदीप शंसेर सर लाइ संझे। जॉहा सम्म दिपक थापाले यस अबसरमा सम्मान पाउनु भयो यो यस कारण पनि सही छ किनकी पहिलो यस भबन निर्माण को अंत वॉहाले गर्नु भयो र दोश्रो डिएसपी देखीनै प्रहरी संगठनको भबन निर्माण र अन्य श्रोत साधन जोड्ने जुटाउने सबालमा वॉहाको कार्य संधै अद्धितीए रह्यो। म देख्दै छु की दिपक थापा साब ले धेरै कन्ट्रोभर्सी र मुस्किल समएमा पनि सरल ढंगले प्रहरी नेत्रीत्व को भुमिका निभाएको
देखीन्छ ।
बिबादीत समएमा पनि बिबाद रहित भुमिका निभाउन सफल भएको पाइन्छ र वॉहामा सबै भन्दा राम्रो गुण सबै संग समन्वए गरेर काम गर्न सक्ने अद्वितीए क्षमता देखिन्छ ।त्यो कुरा प्रहरी प्रधान कार्यालए, मेट्रो र सिआइबि सबै ठाउमा बस्दा राम्ररी देखियो। हुनत दिपक साब हरु मैले जागीर खॉदा हामि भन्दा धेरै जुनिएर भएका कारण त्यती बेला मैले वॉहा भित्रका क्षमता हरु बुझेको थिइन तर जब म नेपाल पुर्ब प्रहरी संगठनको अध्यक्ष भंए त्यस पछी संगै काम हरु गर्दा मैले पॉए “ यी ब्यक्ती साधारण अफीसर मात्र होइनन् , यीन्मा बिषिष्ठ क्षमता पनि छ “।
यी सकारात्मक अफिसर पनि हुन्। “ मलाइ यो क्रुरा राम्ररी थाहा छ , यदी दिपक थापा नभएका भए पुर्ब प्रहरी हरुले बहालका सरह स्वास्थ सेबा कदापी पाउने थिएनन् ।
पुर्ब प्रहरी संगठनको दिपक थापा प्रती उच्च सम्मान छ। वॉहा ले सम्माननिए प्रधान मंन्त्री बाट सम्मान पाएको कुरामा पुर्ब प्रहरी संगठन मात्र होइन देस भरीकै पुर्ब प्रहरी हरु खुसि हुनु पर्दछ ।
मैले देखें , कतीपए अफीसर हरु जो हामि जागीरमा हुंदा निक्कै तल्ला पदमा हुनु हुन्थ्यो र अहिले हामी षडयन्त्र पुर्बक अबकास गरीएका कारण
( नत्र हामि ती अफीसर हरु भन्दा मुनिको पदमा कदापी हुन्थेनौ ) हामीले प्राप्त गरेको पद भन्दा माथि पुग्नु भयो , वॉहा हरुले हाम्रो सामु नपच्ने गरी ठुलो पदको घमण्ड देखाउनु हुन्छ जस्लाइ हामिले बिल्कुल पचाएको र रुचाएको हुंदैनौ , तर दिपक थापाले संधा आफु भन्दा सिनिएर हरुलाइ अहिले पनि सम्माननै गरेको पाइयो । यस्को कदर स्वरुप हामि पनि वॉहाको उच्च र उचित कदर का साथै सम्मान गर्ने गर्छौ । वॉहॉमा एउटा शंसकार छ ।
वॉहा सामु हामि पनि शंसकारी बन्नै पर्छ । मलाइ खुसि लाग्यो की एआइजीपी दिपक थापा ज्यु ले सम्मानित प्रधानमंन्त्री ज्यु बाट प्रसंसा र सम्मान पत्र पाउनु
भएछ । वॉहा लाइ बधाइ मात्र होइन नेपाल पुर्ब प्रहरी संगठन वॉहाको प्रगति
संगै पुर्ब प्रहरीको पनि हित हुने र कल्याणकारी कार्यमा उदाहरणिए कार्य हुने अपेक्षा राख्तछ ।
नेपाल पुर्ब प्रहरी संगठन र यस्का योजनामा रहेका कल्याणकारी कार्य संपादनका लागी , वॉहाको अझ उन्नती प्रगती हुन जरुरी छ ।
पुर्ब प्रहरी समुदाएका सम्मान र सेबा अनि थप सुबिधाका लागी दिपक थापा प्रहरीको सर्बोच्च पदमा पुग्दा राम्रो हुन सक्छ भन्ने नै मेरो अनुभब र ब्यक्तीगत मान्यता रहेको छ ।
यो समाचार नव जनप्रहारबाट ।