पोका बोकेर आउने जानेलाई खेद्ने – सेटिङमा आउनेलाई नदेखे जस्तो गर्ने भारत तर्फकानाकाहरु भन्सार नाका अस्तव्यस्त रहेको पाइएको छ ।
’एउटा भन्सार कार्यालयमा जाँदा ३० प्रतिशत राजश्व उठ्छ, बाँकी ७० प्रतिशत चुहावट भएको हो भन्ने कुरा आयो,’ नेकपा (एमाले)का सांसद सूर्यबहादुर थापाले संसदीय समितिमा भने, ’दैनिक उपभोग्य वस्तुको राजश्व व्यवहारिक देखिएन । चीनीमा लगाएको ४० प्रतिशत राजश्व कालोबजारी गर भनेको देखियो । यो
भन्सार बिन्दुबाट आएको देखिएन ।
यो गुन्टा र कुटुरामा आएको देखियो ।’ थापाले राजश्व चुहावट हुँदा लक्ष्यअनुसार उठ्न नसकेको बताए ।
भन्सारमा ठूलो परिमाणमा राजश्व चुहावट भइरहेको उनले बताए ।
भन्सारमा सबैभन्दा बेहाल क्वारेन्टाइनको रहेको पाइएको पनि सांसद थापाले बताए ।
’भन्सारमा बेहाल क्वारेन्टाइनको छ ।
पशुहरूको क्वारेन्टाइन गरिएको छैन ।
भन्सार बिन्दुबाट भन्दा बाहिरबाट आएको देखियो ।
भन्सार एजेन्टबाट पनि बदमासी भएको सांसद थापाले बताएको हो ।
उनले भन्सार बिन्दुबाट नै कारोबार हुनु राम्रो रहेको बताए ।
संसद्को अर्थ समितिले पाँच दिनसम्म भन्सार नाकाहरुमा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा कर्मचारी, दलालहरुको सेटिङमा नै राजस्व छली भइरहेको पाइएको समितिको रिपोर्टमा छ ।
यस विषयमा बुधबार बैठकमा चर्को बहस भएको छ ।
एमाले सांसद जुलीकुमारी महतोले जनकपुर र वीरगन्जको भन्सार तजबिजमा चलाएको पाइएको बताएकी छन् ।
भन्सार कार्यालयहरू
पूरै अस्तव्यस्त छन् ।
कुनै प्रविधि प्रयोग गरिएको देखिएन,’ सांसद महतोले भनिन्, ’राजश्व संकलनका लागि सरकारले दिएको लक्ष्य नजिक–नजिक पुगे भयो भन्ने जस्तो देखियो ।’ भारतीय बजारबाट चीनीको आयात पोका–पोकामा हुने गरेको पाइएको सांसद महतोको भनाइ थियो ।
त्यसरी ल्याइएको चिनीको रक्सौलमा ७२ रुपैयाँ प्रतिकिलो पर्ने र नेपालमा एक सय पाँच रुपैयाँ पर्ने गरेको उनले बताइन् ।
भन्सार नाकाहरुमा कर्मचारी, सुरक्षाकर्मीका गतिविधि र जाँचपासको अवस्था समितिको टोलीले हेरेर फर्किएपछि बैठकमा भन्सार, राजस्व विभाग र सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर सांसदहरुले प्रश्न
गरेका हुन् ।
कर्मचारीको मिलेमत्तोमा नै भन्सारमा रहेका एक्सरे मेसिनहरु समेत बिगारेर हातैले जाँच गरेको भन्दै सांसदहरुले भन्सार विभाग प्रमुखसँग प्रश्न गरे।
बैठकमा सांसद नारायणी शर्माले भन्सार हेर्दा राज्य नभएको जस्तो अवस्था देखिएको बताइन्। भन्सारमा जाँचपासमा सेटिङ रहेको बुझिने उनले आरोप लगाइन। ‘अझ यो पुलिसमा धेरै छ भन्ने आएको छ,’ उनले भनिन्, ‘वीरगंजमा भन्सारको कुरा भारतलाई ठेक्कामा
दिएको छ ।
यस्तो भएपछि कहाँ हुन्छ? ल्याब भएको पनि चलायमान छैन, नभएको ठाउँमा त त्यस्तै भयो। भएको ठाउँको पनि चल्दैन।’त्यस्तै, सांसद पदम गिरीले करोडौं लगानीका स्क्यान मेसिन मिलेमतोमा बिगारेको आरोप लगाए। हातले जाँच गर्नु लाजको विषय भएको उनको भनाइ थियो। उनले भने, ‘यो प्रश्न मैले बारम्बार उठाएको छु। जवाफ कहिले आएन।’ पोका बोकेर आउने जानेलाई खेदे जस्तो गर्ने तर सेटिङमा आउनेलाई नदेखे जस्तो गर्ने अवस्था रहेको उनले बताए। जसकारण राजस्व लक्ष्यअनुसार नउठेको उनको तर्क छ ।
सिमानामा भएका नेपाली बजार सुकेको र भारततर्फका राम्रैसँग चलेको देखिएको रणकुमारी बलम्पाकी मगरले जानकारी दिइन्। ‘बेलहियामा नयाँ आइसीपी बनेपछि पुरानोबाट त पुरै अवैध ओसारपसार हुने रहेछ ।
एक किलो चिनीमा ४० रुपैयाँको अन्तर हुने,’ सांसद सूर्यबहादुर थापाले भने, ‘भन्सार कार्यालयको जुन लक्ष्य निर्धारण गरिएको छ त्यो आँखा चिम्लेर रहेछ ।
व्यापारीहरू लक्ष्यका कारण बढी टाइट गरेको भन्ने देखियो।’
समिति सभापति सन्तोष चालिसेले भने, ‘१७ सय किलोमिटर खुला नाका छ, रातभर जे गरे पनि भएको छ । पशुहरूको आयात गरेको काँही कतै आएको देखिएन ।
उनले भने, ‘न प्रहरीले थामेर थाम्न सक्ने
अवस्था छ । २८ हजारको माल ५ हजार भनेर भन्छन त्यहाँ ।
’सांसदहरुको प्रश्नको जवाफमा भन्सार विभाग प्रमुख हरिशरण पुडासैनीले समस्या रहेको स्वीकार गरे। ‘क्वारेन्टाइनको समस्या ठूलो छ। उनले भने, ‘हाम्रो सिमानामा गरिबी र बेरोजगारीको समस्या छ। त्यहाँका जनताले कतिपय जीविकोपार्जनका लागि पनि समान लाग्छन् ।
त्यो सबै व्यापारिक मात्र हुँदैन।’
नेपाल प्रहरीका प्रमुख वसन्तबहादुर कुँवरले भन्सारविन्दुभन्दा बाहिरको चोरी निकासीलाई रोक्न प्रहरी केन्द्रित रहेको प्रष्टीकरण दिए।
‘प्रहरीलाई एकातिर सूचना दिने चोरी निकासी अर्कोतिर गर्ने काम भएको छ,’ उनले भने, ‘समन्वय पनि राम्रो भइरहेको छैन ।
जसकारण ठ्याक्क रोक्न सकिएको छैन।’सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्यालले सबै ठाउँमा हेर्नका लागि सशस्त्र प्रहरीसँग जनशक्ति पर्याप्त नभएको जिकिर गरे। ‘सीमाको मानिस पारि जाँदा एक किलो चिनी चामल ल्याउने काम हुन्छ, हामी त्यो समातेर फाल्न सक्दैनौं,’ उनले भने, ‘पूर्व काँकडभिट्टादेखि पश्चिम महेन्द्रनगरसम्ममा १२ सय जना छन्। जो अपाङ्ग लगायतका छन् उनीहरुले ओसारपसार गर्ने दिनमा ३ सय क्विन्टल समान आउँदो रहेछ ।
एक जनाले एक दिनमा पाँच किलो पाँच पटक ल्याउँदा।’ उनले सशस्त्रले सकेको कडाइ गरे पनि ओसारपसार निस्तेज
पार्न गाह्रो भएको
बताएको छन् ।
समाचार जनप्रहारन ।