Saturday, March 15, 2025

नागरिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

इलाका प्रहरी कार्यालय शिशुवा कास्कीको आयोजना तथा सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथ कास्कीको सहकार्यमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २७ बडहरे स्थितमा अल्पसंख्यक गन्धर्व समुदायसँग अन्तरक्रिया तथा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्याम बाबु ओलियाज्को प्रमुख आतिथ्यता, पोखरा महानगरपालिका वडा नं. २७ का वडा अध्यक्ष पूर्ण कुमार गुरुङज्को विशेष आतिथ्यता तथा लेखनाथ सामुदायिक सेवा केन्द्रकी अध्यक्ष गंगा कुमारी खनालको अध्यक्षतामा सामुदायिक सेवा केन्द्र कालिकाका अध्यक्ष प्रविण नेपाली, सामुदायिक सेवा केन्द्र लेखनाथका पुर्व अध्यक्षहरु, राईजिङ स्टार युवा क्लबका अध्यक्ष तथा पदाधिकारीहरु, विभिन्न आमा समूह, युवा क्लब, स्थानीय बुद्धिजिवी, समाजसेवी भद्रभलाद्मीहरु गरी अन्दाजी १५० जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उठेका विकास निर्माण सम्बन्धी गुनासो वडा अध्यक्षबाट सम्बोधन गर्नु भएको थियो भने शान्ति सुरक्षा सम्बन्धी जिज्ञासा प्रमुख अतिथी प्रहरी उपरीक्षकबाट सम्बोधन गर्नु भई निश्चिन्त भएर आफ्नो पेशा व्यवसाय गर्नुहुन र कुनै बिकृति, विसंगती, घटनाको बारेमा तत्काल प्रहरीलाई जानकारी गराउन अनुरोध गर्नु भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles