उपप्रमुख बरैनीसहित जनप्रतिनिधिहरू चार जनाले अमित गिरीविरुद्ध ज्ञापन बुझाएको छन् ।
वीरगंज ।
कालिकामाई गाउँपालिका, हरिहरपुरविर्ताका प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरीको लापरबाही र पदको दुरुपयोगविरुद्ध उपप्रमुख राजमती बरैनीसहित जनप्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापन-पत्र बुझाएका छन्।
गिरी गत तीन महिनादेखि कार्यालय नआउने, कर्मचारीहरूको तलब रोक्ने, आर्थिक विवरण सार्वजनिक नगर्ने जस्ता गम्भीर लापरबाहीमा संलग्न रहेको आरोप लगाइएको छ।
उपप्रमुख राजमती बरैनीका अनुसार, गिरीले जनप्रतिनिधिहरूबीच विवाद सिर्जना गर्ने र प्रशासनिक काम ठप्प पार्ने कार्य गरिरहेको आरोप लगाएकी छिन् ।
ज्ञापन-पत्रमा यदि गिरीले आफ्नो आचरण नसुधारे ठूलो दुर्घटना हुन सक्ने चेतावनी दिइएको छ। प्रशासनले तत्काल कारबाही नगरे गाउँपालिका तहबाट कडा कदम उठाइने जनप्रतिनिधिहरूले चेतावनी दिएका छन्।
गाउँपालिकाका वडा नं. २ का अध्यक्ष सोनालाल प्रसाद चौरसिया, वडा नं. ३ का अध्यक्ष सञ्जय कुमार पटेल, र वडा नं. ४ का अध्यक्ष सञ्जय कुमार साह सहितको जनप्रतिनिधिहरूले जिल्ला प्रमुख जिल्ला अधिकारी गणेश अर्यालज्युलाई
ज्ञापन-पत्र बुझाएका छन् ।
अंकुश साभार ।