मोटरसाइकल ठोक्किएर त्रीशुलीमा खसेका रानाको शव नाै दिनपछि आज भेटिएको छ ।
चितवन जिल्लाको ईच्छाकामना गाउँपालिका वडा नम्बर ५ स्थित ३ नम्बर पुलबाट मोटरसाइकल दुर्घटना भई त्रिशुली नदीमा हराइरहेका रोहित रानाको शव सशस्त्र प्रहरीका गोताखोरको टोलिले फेलापारेका छन् ।
चितवनको नारायणघाटबाट मुग्लिनतर्फ आउँदै गरेको बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाईकल फागुन २ गते बिहान करीब ११ः४० बजेको समयमा दुर्घटनामा परेको थियो।
दुर्घटनामा परी हराइरहेका रानाको खोजीका लागि सशस्त्र प्रहरीका गोताखोर निरन्तर परिचालन गरिएकोमा आज,आईतबार विहान सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भुलबहादुर थापाको कमाण्डमा परिचालित गोताखोरसहितको सुरक्षा फौजले रोहित रानाको शव आज,
आइतबार विहान ९ः२५ बजे फेला पारी नदिबाट बाहिर सशस्त्र प्रहरीले निकालेका छन् ।