Sunday, June 29, 2025

नेपाली सेनाको पत्रकार सम्मेलन:-

ताजा / भरखरै प्राप्त

नेपाली सेनाको सैनिक कल्याणकारी कोषको बचत ८७ अर्ब रुपैयाँ पुग्यो सेनाले जानकारी गराएको छन् ।

सैनिक कल्याणकारी कोषको बचत ८७ अर्ब १ करोड रुपैयाँ पुगेको छ । सेनाले आज,आइतबार पत्रकार सम्मेलन गरेर कोषमा भएको रकमबारे जानकारी गराएको छन् । २०३२ सालमा १ करोड २४ लाख रुपैयाँबाट सुरु भएको कल्याणकारी कोष २०८१ साल पौष मसान्तसम्म आइपुग्दा बचत ८७ अर्ब १ करोड रुपैयाँ पुगेको सेनाको भनाइ रहेको छ ।
जसमध्ये बैङ्क तथा वित्तीय संस्थाहरूमा नगद मौज्दात ७९ अर्ब २८ करोड ५६ लाख रुपैयाँ र विभिन्न परियोजनाहरुमा लगानी ७ अर्ब ७२ करोड ४४ लाख रहेको सेनाको भनाइ
रहेको छ ।
यद्यपि निक्षेपको प्रतिशतमा आएको गिरावटले नेपाली सेनाका सेवाग्राही लक्षित कल्याणकारी कार्यहरू तथा सार्वजनिक दायित्वहरू प्रभावित हुने देखिएको सेनाको भनाइ रहेको छ ।
कोषको लगानीको रूपमा रहेको ७ अर्ब ७२ करोड ४४ लाख रुपैयाँमध्ये नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा रु २ अर्ब ३० करोड ९४ लाख र कल्याणकारी भवन
तथा त्रिचन्द्र मिलिटरी हस्पिटलमा मात्रै १ अर्ब
६० करोड ६० लाख लगानी भएको सेनाले बताइएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles