पर्साको बिरगञजबाट सरुवा भएका आधा दर्जन प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) र प्रहरी नायब निरीक्षक (सई) अहिलेसम्म रमाना भएका छैनन् ।
गत मङ्सिरमा सरुवा भइसकेका उनीहरू विभिन्न कारणले हालसम्म नयाँ कार्यस्थलमा नपुगेको पाइएको छ ।
रमाना नभएका प्रहरी अधिकारीहरूमा प्रहरी चौकी प्रसौनी भाटामा कार्यरत वरिष्ठ सई बाबुराम ढकाल, जिल्ला प्रहरी कार्यालय पर्साको उजुरी शाखामा कार्यरत वरिष्ठ सई रञ्जन सिंह, वडा प्रहरी कार्यालय बिर्तामा कार्यरत वरिष्ठ सई यमनाथ पनेरू रहेका छन् ।
त्यसै गरी, जिल्ला प्रहरी कार्यालय पर्साको कार्यशाखामा कार्यरत सई पवनकुमार कुशवाह, जिन्सी शाखामा कार्यरत सई मित्रबहादुर राई, अहिलेसम्म रमाना भएका छैनन् ।
सरुवा भएअनुसार वरिष्ठ सई ढकालको जिल्ला प्रहरी कार्यालय चितवन, वरिष्ठ सई सिंहको जिल्ला प्रहरी कार्यालय रामेछाप, र वरिष्ठ सई पनेरूको जिल्ला प्रहरी कार्यालय चितवन तोकिएको छ ।
त्यस्तै, सई कुशवाहको रातोमाटे गण मकवानपुर, सई राईको काठमाडौँ ।
सरुवा भएको हो ।
पर्सामा लामो समयदेखि कार्यरत वरिष्ठ सई र सईहरूको सरुवा भए पनि माथिल्लो निकायबाट चासो नहुँदा उनीहरू अहिलेसम्म आफ्नो नयाँ कार्यस्थलमा जान नचाहेका हुन् ।
पर्सा जिल्ला अन्य जिल्लाहरूको तुलनामा अवैध धन आर्जन गर्न सहज हुने भएको कारण पनि उनीहरू रवाना लिन नमाने हुनसक्ने स्थानीयहरूको बुझाइ छ ।यस विषयमा पर्साका प्रहरी प्रमुख गौतम मिश्रले सरुवा भएका प्रहरी कर्मचारीहरूलाई तोकिएको ठाउँमा रमाना गराउन कार्यादेश आइसकेकाले छिट्टै उनीहरू रमाना हुने जानकारी दिएका छन् ।