नेपाल प्रहरी स्कुल साँगा, काभ्रेमा मिति २०८१।११।१२ गते विद्यालयको “४१ औ बार्षिकोत्सव तथा बार्षिक खेलकुद दिवस” समारोह कार्यक्रम यस संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवर, नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग नक्सालका प्रमुख तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, आसरा सुधार केन्द्र नेपालका उपाध्यक्ष श्रीमती रुपा थापा, नेपाल प्रहरी श्रीमती संघका तर्फबाट वरिष्ठ सल्लाहकार श्रीमती निलम कडायत, सह-कोषाध्यक्ष श्रीमती संगिता लम्साल, सह – सचिव (कार्यक्रम) श्रीमती अनिता ढकाल अधिकारी, कार्यसमिती सदस्यहरु श्रीमती मुना रेग्मी,श्रीमती अञ्जली तण्डुकार, श्रीमती अरिना राई,नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय बागमती बनेपाका प्रमुख प्र.ब.उ., जिल्ला स्थित विभिन्न सरकारी कार्यलयका प्रमुखहरु, विद्यालयका समादेशक, प्राचार्य, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक/ शिक्षिका, अभिभावकज्यूहुरु, विद्यार्थीहरु र अन्य प्रहरी कर्मचारी समेतको उपस्थिती रहेको थियो ।साथै यस संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरबाट विद्यार्थीहरुद्धारा प्रर्दशनमा राखिएका बिभिन्न स्टलहरु, मार्चपास,कराते,तेक्वान्दो,जुडो,जिम्नयाष्टिक, नाचगान तथा अन्य खेलहरुको अवलोकन गरि विद्यालयको मुखपत्र “दीपिका” को बिमोचन गर्नुका साथै विद्यालयमा उत्कृष्ट कार्य गर्ने शिक्षक, शिक्षका,विद्यार्थी, प्रहरी कर्मचारी, अस्थायी कर्मचारीहरुलाई प्रमाण पत्र, सम्मान पत्र वितरण समेत गरी सम्पूर्ण स्कुल परिवारलाई वार्षिकोत्सवको शुभकमामना समेत प्रदान गर्नु भएको थियो । साभार