Tuesday, February 25, 2025

पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ:-

ताजा / भरखरै प्राप्त

प्रहरीले पेस्तोलसहित मकवानपुरबाट दुई जना भारतीय नागरिकहरुलाई पक्राउ गरेका छन् ।

पक्राउ पर्नेहरुमा भारतको बिहार सिहुहर बस्ने २२ वर्षका धिरजकुमार र मोतीहारी बस्ने २६ वर्षका दीपक कुमारलाई हेटौंडाका प्रहरीले पक्राउ गरेको छन् ।

मकवानपुरको हेटौंडा–रातोमाटेमा प्रहरीले पेस्तोल र गोलीसहित पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट एक राउण्ड गोली लोड भएको र ९ एमएमको अटो पेस्तोल तथा सलाईको बट्टाभित्र लुकाएको अवस्थाको थप २ थान गोलीबरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

रौतहट जिल्लाको गौरबाट हेटौंडातर्फ आउँदै गरेको ना.८ ख ८७७३ नम्बरको बसलाई चेक जाच्ने क्रममा हतियारसहित उनीहरु पक्राउ परेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles