अमीन कादरी नेपालगन्ज : नेपाल प्रहरीका पुर्व प्रहरी सहायक निरीक्षक बाबू शेखको प्रहरी सम्मानका साथ नेपालगन्जको गौसिया कब्रिस्तानमा अन्त्येष्टि गरिएको छ ।
नेपालगन्ज जोलहनपुर्वा निवासी पुर्व प्रहरी सहायक निरीक्षक शेखको आजा बिहानै ८६ वर्षको उमेरमा निधन भएको थियो ।
उहाँ विक्रम सम्बत २०१२ साल देखि नेपाल प्रहरीमा प्रहरी जवानको पदबाट सेवाको शुभारम्भ गरि २०४२ सालमा प्रहरी सहायक निरीक्षकको पदबाट अवकाश पाउनु भएको थियो ।
शेखको अन्तिम संस्कार कार्यक्रममा पुर्व प्रहरी संगठनका अध्यक्ष र प्रहरी संगठनका अध्यक्ष लागायत आफन्तजन तथा स्थानीयहरुको सहभागीता रहेका थिए पुर्व प्रहरीले जनाएको छन् ।