पर्साका वीरगञ्ज आदर्शनगरकाे चाचान मार्केटस्थित शिवम इम्पोरियममा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जका टोलीले छापा मारेको छन् ।
प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले वीरगञ्जको आदर्शनगरस्थित रहेको शिवम ईम्पोरियममा छापामारी गरी लाखौ मुल्य बराबरको भन्सार छलीका कपडा बरामद बिरगञजका सशस्त्र प्रहरीले गरेको छ ।
पर्साका वीरगञ्जको मुख्य बजार आदर्शनगर स्थित रहेको चाचान मार्केटमा संचालनमा रहेको शिवम इम्पोरियममा सशस्त्र प्रहरी र वीरगञ्ज भन्सारका संयुक्त टोलीले छापामारी गरी भन्सार छली भित्रयाईएको लाखौ मुल्यको कपडा बरमद गरेको छ ।
विषेश सुचनाको आधारमा सशस्त्र प्रहरी र वीरगञ्ज भन्सारको संयुक्त टोलीले छापामारी गर्दा ईम्पोरियमको गोदामबाट ५० पोका भन्दा बढी संख्यामा रहेको कपडाको पोका बरामद गरिएको सशस्त्र प्रहरीले जनाएका छन् ।
सशस्त्रले बरामद गरिएको कपडाको बजार मुल्य अंदाजीक ३० लाख भन्दा बढीको रहेको सशस्त्रका प्रहरीले बताइएको छन् ।