Sunday, June 29, 2025

बिरगंजमा अनलाइन जुवा खेलाउने एकजना भारतीय पक्राउ:-

ताजा / भरखरै प्राप्त

पर्सा प्रहरीले अनलाइन जुवा खेलाउने एकजना भारतीय नागरिकलाइ पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा (सट्टाबाजी) अनलाइन जुवा खेलाउने भारतीय नागरिकलाइ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत विहार जिल्ला मोतिहारी थाना ढाका देवपुर निवासी रविशंकर ठाकुरलाइ प्रहरीले पक्राउ गरेको हो, पर्सा प्रहरी प्रवक्ता सुबास भट्टले बताएका छन् ।
उनका अनुसार बिरगञज महानगरको मुर्लीमा एक घर भाडामा लिएर अनलाइन जुवा भइरहेको प्रहरीलाइ सूचना आएको थियो, त्यही सूचना अनुसार छापामारी गर्दा ठाकुर पक्राउ परेका छन् ।

प्रहरीको नियन्त्रणमा रहेका ठाकुरको साथबाट प्रहरीले बिभिन्न कम्पनीका ९ थान ल्यापटप, ल्यापटप चार्जर, राउटर, हेडफोन, पेनड्राइभ, माउससहितका सामानहरु बरामद गरेको पर्सा प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles