Sunday, June 29, 2025

सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला:

ताजा / भरखरै प्राप्त

(डीआईजी)सिहंको नेतृत्वमा छानबिन समिति गठन ।

सशस्त्र प्रहरी बलमा कार्यरत इन्स्पेक्टर सन्तोषी महत मृत अवस्थामा भेटिएकी छन ।
शनिवार राति पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा महत झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।
उनको शव पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा ल्याइएको सशस्त्र प्रहरी बलका प्रवक्ता
(डीआईजी) कुमार न्यौपानेले रातोपाटीलाई बताए । घटना अनुसन्धान गर्न सशस्त्र प्रहरी बल प्रधान कार्यालयले डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । एकेडेमीका डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा समिति गठन गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।सशस्त्र प्रहरी जवान र असई हुँदै उनि इन्स्पेक्टर भएकी थिइन् । प्रेम सम्बन्धका कारण उनले आत्महत्या रोजेको आशंका गरिएको छ । सिन्धुपाल्चोक घर भएकी महत शौचालयको बलोमा डोरीमा झुण्डिएको अवस्थामा फेला
परेकी हुन् ।
उनले यसैवर्ष इन्स्पेक्टरमा नाम निकालेकी थिइन् । नव जनप्रहार साभार।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles